शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

यसरी अद्यावधिक गरौँ कर्मचारी सञ्चय कोषको केवाइसी

यसरी अद्यावधिक गरौँ कर्मचारी सञ्चय कोषको केवाइसी

  • Naveen Sanchar

  • बिहिबार, भदौ ७, २०८०

  • 310
    Views
यसरी अद्यावधिक गरौँ कर्मचारी सञ्चय कोषको केवाइसी

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ । सम्पन्न भएको छ । कोषले प्रदान गर्ने सबै सेवा सुविधा उपभोगको लागि केवाइसी अनिवार्य गरेसँगै केवाइसी विवरण अद्यावधिक गर्ने सञ्चयकर्ताको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको कोषले जनाएको छ । कोषले स्थलगत रुपमा अनसाइट केवाइसी अद्यावधिक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । कर्मचारीसँग केवाइसी विवरण अद्यावधिक गर्दा ध्यान दिनुपर्ने विषयमा छलफल तथा अन्तरक्रिया समेत कोषले गर्दै आएको छ ।यसै सन्दर्भमा सम्बन्धित सबैको जानकारीका निम्ति नवीनसञ्चारले सञ्चय कोषको व्यक्तिगत केवाइसी र अफिस केवाइसी अद्यावधिक सम्बन्धी जानकारी देहाय बमोजिम प्रस्तुत गरेको छ ।
व्यक्तिगत केवाइसी
-कोषले प्रदान गर्ने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्नका निम्ति व्यक्तिगत केवाइसी अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने  व्यवस्था रहेको ।
-केवाइसी विवरण अद्यावधिकका निम्ति कोषको वेबसाइटमा गएर सञ्चयकर्ता स्वयंले केवाइसी विवरण भरी सब्मिट गर्ने ।
-केवाइसी विवरण सब्मिट गरिसकेपछि प्राप्त सब्मिसन नम्बर सहितको हार्डकपी प्रिन्ट गरी कोष कार्यालयमा गएर आफ्नो फोटो, दस्तखत र औँठाको छाप समेत अद्यावधिक गराउनुपर्ने ।
-केवाइसी विवरण सञ्चय कोषको कार्यालयबाट स्वीकृत भएपछि सम्बन्धित सञ्चयकर्ताको इमेल तथा मोबाइलमा युजर नेम र पासवर्ड प्राप्त हुने ।
-कोषको वेबसाइटमा रहेको इपीएफ आई पोर्टल वा इपीएफ एपमा कोषबाट प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरी विभिन्न सेवा तथा जानकारी प्राप्त गर्न सकिने ।
अफिस केवाइसी
-कोषकट्टी गरी पठाउने हरेक कार्यालयले अनिवार्यरुपमा अफिस केवासी अद्यावधिक गर्नुपर्ने प्रावधान रहेको ।
-कोषको वेबसाइट इपीएफ डट ओरजी एनपीमा गई अफिस केवाइसी भरी सब्मिट गर्ने ।
-तत्पश्चात् कार्यालयले अफिस केवाइसीमा उल्लेख गरेको इमेलमा प्राप्त हुने विवरण सहितको लिंक क्लिक गर्ने ।
-त्यसपछि अफिस केवाइसी विवरण कोषको स्वीकृतिका निम्ति प्राप्त हुने ।
-अफिस केवाइसी विवरण कोषको कार्यालयबाट स्वीकृत भएपछि सम्बन्धित कार्यालयले अफिस केवाइसीमा उल्लेख गरेको इमेलमा प्राप्त हुने ।
-प्राप्त युजर नेम र पासवर्ड इन्टर गरी इपीएफ आई पोर्टल प्रयोग गर्न सकिने ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha