सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

एनएमबी बैंकद्वारा धुलिखेल अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग, उच्च स्तरीय स्वास्थ्य सेवामा टेवा पुग्ने

एनएमबी बैंकद्वारा धुलिखेल अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग, उच्च स्तरीय स्वास्थ्य सेवामा टेवा पुग्ने

  • Naveen Sanchar

  • बुधबार, भदौ ६, २०८०

  • 188
    Views
एनएमबी बैंकद्वारा धुलिखेल अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग, उच्च स्तरीय स्वास्थ्य सेवामा टेवा पुग्ने

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ तथा अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । समारोहमा बैंकले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको हो । बैंकले प्रदान गरेका उपकरणले स्थानीय समुदायलाई सहयोग पु¥याउनुका साथै बिरामीलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन टेवा पुग्ने जनाएको छ ।

 

एनएमबी बैंक विगत २७ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘ द ब्याङ्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “‘बैंक अफदिइयर एसिया २०२१” बाट सम्मानित थियो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल’ समेत प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरी २०१ शाखा, १४३ एटिएम र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha