शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २८ औं स्थापना दिवस सम्पन्न, भ्रष्टाचार अन्त्य गर्नुको विकल्प नरहेको लेखा समिति सभापति केसीको धारणा

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २८ औं स्थापना दिवस सम्पन्न, भ्रष्टाचार अन्त्य गर्नुको विकल्प नरहेको लेखा समिति सभापति केसीको धारणा

  • Naveen Sanchar

  • सोमवार, भदौ ४, २०८०

  • 220
    Views
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २८ औं स्थापना दिवस सम्पन्न, भ्रष्टाचार अन्त्य गर्नुको विकल्प नरहेको लेखा समिति सभापति केसीको धारणा

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति अर्जुन नरसिंह केसीले भ्रष्टाचार अन्त्य गर्नुको विकल्प नरहेको बताउनु भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपालको यस संस्थाको २८ औं स्थापना दिवसका अवसरमा आयोजित छलफल कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभापति केसीले भ्रष्टाचार विरुद्ध खरो आवाज उठाउनका लागि नै आफैँले रोजेर सार्वजनिक लेखा समितिमा बसेको बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथि कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा सरकारी लेखापरीक्षण प्रतिवेदन तयार पार्ने काम सुरु भएको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फस्र्योट हुन बाँकी रहेको बताउनु भयो । टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले पछिल्लो समयमा संस्थाले भ्रष्टाचार विरुद्धमा प्रेस विज्ञप्ति मार्फत उठाएका विषयहरुका बारेमा उल्लेख गर्नु भयो ।छलफलमा टीआई नेपालका महासचिव मदनकृष्ण शर्माले नेपालमा सार्वजनिक जवाफदेहिताको अवस्था सम्बन्धि महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखाइएका मुलभूत कुरा र उपाध्यक्ष शरच्चन्द्र वस्तीले यत्रतत्र सर्वत्र भ्रष्टाचार ः नियन्त्रणमा संयुक्त प्रयत्न आवश्यक विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा टीआई नेपालकी कोषाध्यक्ष सुनिता गुरुडले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा सरकारी, गैरसरकारी कार्यालय, सञ्चारमाध्यम, टीआई नेपालका सदस्यहरु तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha