बिहिबार, मंसिर २१, २०८० | December 7, 2023

औद्योगिक विकासमा मारवाडी समुदायकोे योगदानको कदर गरिनुपर्ने

औद्योगिक विकासमा मारवाडी समुदायकोे योगदानको कदर गरिनुपर्ने

  • Naveen Sanchar

  • शनिबार, भदौ २, २०८०

  • 98
    Views
औद्योगिक विकासमा मारवाडी समुदायकोे योगदानको कदर गरिनुपर्ने
काठमाडौँ । मारवाडी समुदायसम्बद्ध विभिन्न संघसंस्थाले देशको सामाजिक सद्भाव विरुद्ध नकारात्मक भाव फैल्याउने अभिव्यक्ति दिने कार्य यथाशीघ्र बन्द गर्न ध्यानाकर्षण गराएका छन् । ती संसथाले एक विज्ञप्ति जारी गरी कुनै निश्चित वर्ग वा समुदायलाई होच्याउने कार्य कसैबाट हुन नहुनेमा जोड दिएका हुन् ।
वीरगञ्जस्थित मारवाडी सेवा ट्रस्टका अध्यक्ष बाबुलाल अग्रवाल, मारवाडी समाज सेवक संघ अध्यक्ष मुरलीधर रुंगटा र  मारवाडी युवा मञ्चका अध्यक्ष गोविन्द शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा मारवाडी समुदायविरुद्ध अभिव्यक्ति नदिन सम्बन्धित व्यवसायीलाई सचेत गराइएको छ ।
मारवाडी समुदायले यस देशको उद्योग व्यापारको विकास एवं प्रवद्र्धनमा निर्वाह गरेको योगदानको कदर गर्नुपर्नेमा त्यसका विपरीत एक व्यवसायीले अर्को व्यवसायी समुदायप्रति लक्षित गरी निकृष्ट अभिव्यक्ति कार्य निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ । नेपालको औद्योगिकीकरण इतिहासमा अग्रणी रहेको मारवाडी समुदायले देशको अर्थतन्त्र, रोजगारी सृजनादेखि सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, कला, खेलकुद लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

 


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha