बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

आरती शाहका हत्यारालाई कारबाही गर्न माग

आरती शाहका हत्यारालाई कारबाही गर्न माग

  • Naveen Sanchar

  • शुक्रबार, भदौ १, २०८०

  • 179
    Views
आरती शाहका हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ । दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती शाहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ । संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई एक ज्ञापनपत्र बुझाउँदै । प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको अवस्थामा पनि दाइजोको निहँुमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन हुनु पार्ने माग गरेको हो । सरकारले कुनै सुनुवाई नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीडित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको ज्यादती, शोषण, दमनप्रति स्वयंसेवक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मृतक शाहको न्यायका लागि माइती पक्ष काठमाडौँको माइतीघरमा धर्ना बस्न थालेको ६४ दिन बितिसक्दा समेत सरकारले बेवास्ता गरेको संघकी प्रवक्ता पूजा पाठक तिल्सिनाले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha