शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

बच्चाको खोकीः के कुनै औषधि नदिनु नै उत्तम उपचार हो ?

बच्चाको खोकीः के कुनै औषधि नदिनु नै उत्तम उपचार हो ?

  • Naveen Sanchar

  • आइतवार, साउन २८, २०८०

  • 378
    Views
बच्चाको खोकीः के कुनै औषधि नदिनु नै उत्तम उपचार हो ?
डा. महेश कुमार गौतम
बालरोग तथा एलर्जी विशेषज्ञ
वर्षायामसँगै हाल बालबालिकामा रुघाखोकीको समस्या बढ्दै गएको पाइएको छ । तपाईंको बच्चालाई नराम्रो खोकी लाग्दा, बच्चालाई गाह्रो भयो होला भनेर रोइरहेको  बच्चालाई शान्त पार्न, पीडादायी खोकीलाई रोक्न,घाँटी दुखाइलाई कम गर्न  र सामान्यतया तपाईंको बच्चालाई फेरि राम्रो महसुस गराउन बुवा आमालाई  केही गर्न पाए हुन्थ्यो, औषधि दिई हाल्न पाए हुन्थ्यो भन्ने लाग्नु , आफ्नो बच्चाको लागि केही गर्न चाहनु  एकदम स्वाभाविक हो ।
त्यही कारणले  धेरै बुवा आमा औषधि पसलमा गई  ओभर–द–काउन्टर खोकी दमन गर्ने औषधीहरू(cough syrup, anti cold medicine) लगायत छिट्टो निको होला भनेर एन्टीबायोटिक (antibiotic) औषधि पनि आफ्ना ससाना बालबालिका लाई खुवाउनु हुन्छ।   तर के यी औषधि साँच्चै नै आवश्यक हुन्छन् त ? के यी औषधिले काम गर्छन त ?
धेरै आवस्थामा आवश्यक छैन र काम पनि गर्दैनन्। खोकी फोक्सोबाट ब्याक्टेरिया लगायत अरु कुरालाई बाहिर फ्याँक्ने शरीरको अति आवश्यक विधि हो, त्यसैले ससाना बालबालिकाको खोकीलाई दबाउन राम्रो विचार होइन।
हामी सामान्यतया बच्चाहरूको लागि ओभर–द–काउन्टर खोकीका औषधि(cough syrup, anti cold medicine) सिफारिस गर्दैनौं किनभने यी औषधिको साइड इफेक्टहरू जस्तै बेहोशीपन, चिडचिडापन,  व्यवहार परिवर्तन, मुटुको धड्कन बढ्ने हुन सक्छन।  कहिलेकाहीँ बढी डोज भएमा ससाना बालबालिकाको मृत्यु समेत  हुन सक्छ । त्यसैले  ओभर–द–काउन्टर खोकीका औषधिहरूको सम्भावित लाभहरूको तुलनामा जोखिम बढी हुसक्ने भएकोले यस्ता औषधिहरूको प्रयोग नगर्दा राम्रो हुन्छ ।
के भन्छ त अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स?
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले ४ वर्षभन्दा कम उमेरका बालबालिकालाई चिसो र खोकीको औषधि नदिन सिफारिस गरेको छ ।
भाइरल रुघाखोकीलाई आफ्नो दिन पूरा गर्न दिनु नै सबैभन्दा उत्तम उपाय रहेको एकेडेमीको बिश्लेषण छ। के भन्छ त अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स?
-४ वर्षभन्दा कम – चिसो,रुघा खोकीको औषधि नदिनुहोस्।
-४ देखि ६ वर्षको उमेर – आफ्नो डाक्टरलाई सोध्नुहोस्। तपाईंले आफ्नो बच्चाको डाक्टर वा स्वास्थ्य सेवा प्रदायकसँग जाँच नगरेसम्म ओभर–द–काउन्टर खोकीका औषधिहरू (ओतक) नदिनुहोस्।
-७ वर्ष वा माथिको – खोकी र चिसो ओभर–द–काउन्टर खोकीका औषधिहरू प्रयोग गर्न सकिन्छ यदि सही तरिकाले दिइयो भने।
(धेरै पटक ओभर–द–काउन्टर खोकीका औषधिहरू प्रयोग गर्न परिरहेको छ भने यी औषधिहरू सुरक्षित छैनन्। त्यस्तै
यदि तपाइँ आफ्नो बच्चाको तौलको हिसाब नगरी धेरै औसधि दियिरहनु भएको छ भने पनि  यी औषधिहरू सुरक्षित छैनन्।)
किन बढी प्रयोग हुन्छन् त रुघाखोकीका  ओभर–द–काउन्टर औषधिहरू हाम्रोमा  ?
-औषधिहरूको बारेमा जनचेतनाको कमी ।
-औषधि पसलहरुबाट डाक्टरको प्रेस्क्रिप्शन बिनानै सजिलै औषधि दिन पाइने नियम।
-डाक्टर वा स्वस्थाकर्मीहरुले सबै खोकीलाई एकनासले यी औषधिहरु लेखिदिनु।
-आमा बाबा आफै जान्ने भएर वा घर छिमेकको गलत सल्लाहमा औषधि दिनु।
अहिले यी औषधिहरुसंगै एलर्जीका औषधिहरूको पनि भाइरल रुघाखोकीमा अनावश्यक प्रयोग बढेको छ।  छ।  फेज़ा, अल्लेर्ग्र, हत्रिक जस्ता
एलर्जीका औषधिहरु निसंकोच ससाना बालबालिकामा प्रयोग भएको छ ।
रुघाखोकी लाग्दा के गर्ने त ?
-बच्चालाई धेरै तरल पदार्थहरू, मुख्यतया पानी, सूप, वा ब्रोथहरू पिउन लगाउनुहोस्। धेरै चिनीबाट बच्न बजारमा उपलब्ध फलफूलको जुस र इनर्जी पेयहरू नदिनुस्।
-रुघाखोकीका लागि मनतातो कागती पानीमा १ देखि २ चम्चा मह मिसाएर दिनुहोस् । (१ वर्षभन्दा कम उमेरका बालबालिकालाई मह नदिनुहोस्।)
-सुनिश्चित गर्नुहोस् कि तपाईंको बच्चाले प्रशस्त निद्रा/आराम पाएको छ ।
-खानु वा सुत्नु अघि नाकको सुजन कम गर्न सलाइन पानी स्प्रे/थोपा प्रयोग गर्न सक्नुहुन्छ  र बल्ब सिरिन्ज प्रयोग गरेर पनि नाक सफा गरिदिन सक्नुहुन्छ।
-ज्वरो आएमा शरीरको वजनको हिसाबले प्यारासिटामोल झोल वा थोपा औषधि दिन सकिन्छ।
डाक्टरलाई देखाउन कहिले जाने ?
-सास फेर्न समस्या हुनु(छिटो छिटो श्वास लिनु वा कोख हान्नु )  वा श्वासप्रश्वासमा घरघराहट/घ्यारघ्यार हुनु वा धेरै घुर्नु।
-श्वास लिँदा  छोड्दा बेग्लै आवाज आउनु
-शरीर  धेरै फिक्का देखिनु , निल भएमा
-खानेकुरा निल्न समस्या छ वा ४ वा सोभन्दा बढी घण्टाको लागि तरल पदार्थ लिन सकेको छैन वा लिएको छैन भने।
-खेल्न मन गर्दै नगरेको वा झन् झन् सुस्त हुँदै गईरहेको जस्तो लागेमा।
-ज्वरो आएको छ जुन उपचार पछि पनि कम हुँदैन।
ज्वरो आउँदा विशेष ध्यान दिनुपर्ने(डाक्टर भेट्नुपर्ने अवस्था )
• २  महिना मुनि: ज्वरो 100.4° फरेनहाइट (F) वा 38° सेल्सियस (C) (मलद्वार ) भन्दा माथि छ भने ।
• २  वर्ष भन्दा कम उमेर: १ दिन पछि, ज्वरो 102 ° F (38.9 ° C) (मलद्वार)  वा 103° F (39.4° C)  काखी मुनि, निधार वा कान।
• २  वर्ष वा सोभन्दा माथिको उमेर: ३  दिन पछि, मुख वा मलद्वारबाट 102° F (38.9° C) भन्दा बढी वा काखीमुनि, निधारमा, वा कानमा  103° F (39.4° C) भन्दा माथि भएमा ।
 ४  वर्ष भन्दा साना बच्चाहरुको लागि मुखमा ज्वरो नाप्न सिफारिस गरिएको छैन।
(कुनै जिज्ञासा वा सुझाव भएमा लेखकलाई मोबाइल नम्बर 9860433534 वा इमेल maheshkgm@yahoo.com मार्फत् सम्पर्क गर्न सकिनेछ ।)


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha