शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

स्याङ्तानको ‘डम्फुको आत्मालाप’ सार्वजनिक

स्याङ्तानको ‘डम्फुको आत्मालाप’ सार्वजनिक

  • Naveen Sanchar

  • शनिबार, साउन १३, २०८०

  • 179
    Views
स्याङ्तानको ‘डम्फुको आत्मालाप’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी भक्त स्याङ्तानको कथा संग्रह ‘डम्फुको आत्मालाप’ सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्रोफेसर अरुण गुप्तो, निबन्धकार कुमारी लामा र सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले कथा संग्रह डम्फुको आत्मलाप सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रोफेसर अरुण गुप्तोले‘डम्फुको आत्मालाप’आमपाठकले नबुझ्ने तामाङ सभ्यताका विम्ब र चित्रलिपिहरु सहजै बुझिनेगरी लेखिएको एक किसिमको दस्तावेजका रुपमा रहेको बताए।

 

सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले भने, ‘डम्फूको आत्मालाप तामाङ समुदायको आत्मा हो, तामाङको मर्म हो, तामाङको इतिहास पनि हो। यो कथा संग्रहले नेपाली साहित्यलाई नै मजबजुत बनाउँछ।’ उनले यो कथा संग्रहले तामाङ समुदायका संस्कृति, पहिचान र जरो बुझ्न सघाउने बताए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha