आइतवार, असार २८, २०८३ | July 12, 2026

कीर्तिपुरको माक्वा:चा विकास समिति (माक्वा:चा गार्डेन)को १० औं वार्षिक साधारणसभा सम्पन्न

कीर्तिपुरको माक्वा:चा विकास समिति (माक्वा:चा गार्डेन)को १० औं वार्षिक साधारणसभा सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, असार २८, २०८३

  • 47
    Views
कीर्तिपुरको माक्वा:चा विकास समिति (माक्वा:चा गार्डेन)को १० औं वार्षिक साधारणसभा सम्पन्न

२८ असार, काठमाडौं । कीर्तिपुर २ देवढोकास्थित माक्वाचा विकास समिति (माक्वाचा गार्डेन) को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । असार २७ गते शनिवार आयोजित सभाको उद्घाटन समारोह वागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद माननीय पुकार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सभामा कीर्तिपुर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष रूपेश महर्जन विशेष अतिथि रहनुभएको थियो ।

“समुदायको लागि, सँगसँगै” भन्ने नाराका साथ करिब १० वर्षअघि स्थापना भएको माक्वा:चा गार्डेन समुदायमा आधारित सफल पर्यटन तथा आतिथ्य व्यवसायका रूपमा स्थापित भएको छ । स्थानीय टोलका ८२ परिवारको शेयर सहभागिता रहेको छ। विगत चार वर्षदेखि माक्वाचा गार्डेनले कीर्तिपुरको स्थानीय स्तरमा आफ्नो छुट्टै पहिचान र प्रतिष्ठा बनाउन सफल भएको छ । प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण, स्थानीय संस्कृति र आतिथ्य सेवाको समन्वयले यो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै गएको छ । स्थानीय वनको संरक्षण र दिगो उपयोग स्थानीय युवाले नै गर्न सक्छन् भन्ने विश्वासका साथ यहाँ पार्क, पदमार्ग लगायतका आधारभूत संरचना विकास गरिएको छ । करिब सात वर्षअघि चन्द्रागिरिका साथीहरू तथा कीर्तिपुरका तत्कालीन वडा अध्यक्ष रमेशमान डंगोल, वर्तमान वडाअध्यक्ष रूपेश महर्जन, समाजसेवी अष्ट महर्जन तथा माक्वा:चा विकास समितिका अध्यक्ष राजकमल महर्जनलगायतको सक्रिय पहलमा नैकाप जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको थियो, जसले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।

दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक माक्वा:चा क्षेत्रमा आउने गरेका छन् । कार्यक्रममा समितिका अध्यक्ष राजकमल महर्जनले आगामी पाँच वर्षभित्र माक्वा:चा गार्डेनलाई कीर्तिपुरकै प्रमुख आन्तरिक पर्यटन गन्तव्य बनाउने बहुवर्षीय गुरुयोजना (Master Plan) कार्यान्वयन गरिने जानकारी दिनुभयो । माक्वा:चा गार्डेन केवल एउटा रेष्टुरेन्टमात्र नभई स्थानीय समुदायको साझा लगानी, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, रोजगारी सिर्जना र आर्थिक समृद्धिको उदाहरणका रूपमा अघि बढिरहेको, माक्वाचा गार्डेन “प्रकृति, स्वास्थ्य र समृद्धिको संगम” समुदायको लागि, सँगसँगै ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha