सोमवार, असार २९, २०८३ | July 13, 2026

एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव जुलाई २४ मा जेद्दामा आयोजना हुने

एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव जुलाई २४ मा जेद्दामा आयोजना हुने

  • देबी बहादुर सुतारकार्की मध्यपुर्व संयोजक

  • सोमवार, असार २९, २०८३

  • 50
    Views
एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव जुलाई २४ मा जेद्दामा आयोजना हुने

नवीनसञ्चार, जेद्दा । “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नो १९औँ वार्षिकोत्सव आगामी २४ जुलाई २०२६ मा जेद्दामा आयोजना गर्ने भएको छ।

संघका अनुसार वार्षिकोत्सव कार्यक्रम जेद्दाको द भिलेज रेष्टुरेन्ट, अजिजिया मा बिहान ११:०० बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा एनआरएनए साउदी अरबका वर्तमान तथा पूर्व पदाधिकारी, पञ्जीकृत सदस्य, विभिन्न सामाजिक, राजनीतिक, जातीय तथा भौगोलिक संघ–संस्थाका अध्यक्ष एवं पदाधिकारी, शुभचिन्तक तथा साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।

संघले नेपाली समुदायबीच आपसी एकता, सहकार्य र भाइचाराको भावनालाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिने वार्षिकोत्सवमा उल्लेखनीय सहभागिताका लागि सबैमा अनुरोध गरेको छ।

कार्यक्रम विवरण

  • मिति: २४ जुलाई २०२६
  • समय: बिहान ११:०० बजे
  • स्थान: द भिलेज रेष्टुरेन्ट, अजिजिया, जेद्दा, साउदी अरब


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha