२५ असार, काठमाडौं । असारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले उपत्यकामा पानी पठान्तरण बन्द भएको सूचना आयो त्यसपछि घरको धारोमा पानी आउन छोड्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका शाखाहरुले मेलम्ची पानी वितरणको तालिकापछि अर्को तालिका प्रकाशन गर्न सकेको छेन । वागमतीको विकल्प खोजीरहेको खबर आएको छ, निर्भर भने साविकका मुहानहरुमै हुन थालेको छ । उपत्यकामा जताततै पानीको काकाकूल अवस्था बढेको खबरहरु आईरहेका छन् । उपभोक्ताहरुको घुईंंचो प्राकृतिक स्रोतहरुमा बढेको दृश्य देखिन थालेका छन् । धन्न मनसुनी वर्षाले ईनार, पॅधेरो, ढुंगेधारामा पानी आएका कारण थोरै राहत मिलेको छ । प्रकाशित सूचनाअनुसार मेलम्ची पानी तत्काल सुचारु हुने सम्भावना क्षीण छ । भेलम्ची दीर्घकालिन विकल्प पनि होइन र हुन नसक्नेमा सरकार जानकार छ । उपत्यकावासिलाई पानी खुवाउने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका जिम्मेवारहरुले पनि सोचिरहेका होलान् । उपत्यकामा उपलब्ध मुहानहरुको संरक्षण र पानी वितरण व्यवस्थापनमा सरकारको प्राथमिकता र ध्यान जानु जरुरी छ ।