मङ्लबार, मंसिर ९, २०८३ | November 24, 2026

लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता

लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर ९, २०८३

  • 1
    Views
लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, मङ्सिर ८ गते ।“UNiTE to End Violence Against Women and Girls : Ensure justice, protect survivors, end impunity” भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२६ तदनुसार मङ्सिर ९ गतेदेखि २४ गतेसम्म विश्वव्यापी रूपमा मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित “अन्तरसंवाद” कार्यक्रम आज नीति अनुसन्धान प्रतिष्ठान, नीति संवाद हलमा सम्पन्न भयो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमलाकुमारी पराजुलीज्यूको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय सीता बादीज्यू प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरेर गरिएको थियो भने त्यसपछि सहभागी सबैलाई सेतो रिबन वितरण गरी हिंसाविरुद्धको प्रतिबद्धता जनाइएको थियो।

# १६ दिने अभियान र सेतो रिबनको कथा

१६ दिने अभियानको सुरुवात डोमिनिकन रिपब्लिकका मिराबल दिदीबहिनी पाट्रिया, मिनर्भा र मारिया टेरेसाको बलिदानबाट भएको हो। सन् १९६० नोभेम्बर २५ मा तानाशाह ट्रुजिलोका समर्थकबाट उहाँहरूको हत्या भएको थियो। सोही सम्झनामा सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २५ लाई महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको हो।

त्यस्तै सेतो रिबनको कथा क्यानडाको मोन्ट्रियल घटनासँग जोडिएको छ। सन् १९८९ डिसेम्बर ६ मा १४ जना महिला विद्यार्थीको हत्या भएपछि सन् १९९१ मा पुरुषहरूले नै महिला हिंसाको विरोध गर्न सेतो रिबन अभियान सुरु गरेका थिए। सेतो रिबन भनेको ‘म हिंसा गर्दिनँ, हिंसा सहन्नँ’ भन्ने प्रतिबद्धता हो।

कार्यक्रममा महिला आयोगका सचिव राजेन्द्रकुमार हमालज्यूले स्वागत मन्तव्य दिनुभएको थियो भने अधिवक्ता सङ्गीता बडाल र अधिवक्ता सबिन श्रेष्ठज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha