मङ्लबार, मंसिर ९, २०८३ | November 24, 2026

कालीमाटीमा सुन्तलाको व्यापार बढ्दै

कालीमाटीमा सुन्तलाको व्यापार बढ्दै

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर ९, २०८३

  • 1
    Views
कालीमाटीमा सुन्तलाको व्यापार बढ्दै

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, मङ्सिर ८ गते । सुन्तलाको सिजन सुरु भएसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली सुन्तलाको कारोबार सुरु भएको छ । बजारमा गोरखा, तनहुँ र स्याङ्जालगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका छन् ।

हाल बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार प्रतिढाग (पाँच केजी) ४५० देखि ५५० रुपियाँसम्ममा बिक्री भइरहेको व्यापारीले बताएका छन् । सिजनको सुरुवातसँगै बजारमा सुन्तलाको आपूर्ति बढ्न थालेको छ । आगामी दिनमा उत्पादन हुने जिल्लाबाट थप सुन्तला भित्रिएसँगै बजारमा यसको उपलब्धता बढ्ने व्यापारीको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha