आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

नेपाल संवतको नयाँ वर्ष ( न्हुँद) मा विविध कार्यक्रम गरिने

नेपाल संवतको नयाँ वर्ष ( न्हुँद) मा विविध कार्यक्रम गरिने

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 5
    Views
नेपाल संवतको नयाँ वर्ष ( न्हुँद) मा  विविध कार्यक्रम गरिने

काठमाडौँ, कात्तिक १३ गते । न्हुँद समारोह समितिले नेपाल संवत् ११४७ का अवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्यान्डल वाक्, दीप प्रज्वलन, शुभकामना आदानप्रदान एवं साङ्गीतिक साँझ आयोजना गर्ने भएको छ ।अध्यक्ष महेन्द्रलाल महर्जनले नेपाल भाषा मंकाः खलः यलको संयोजकत्वमा हुने कार्यक्रममा ललितपुर वडा नं. १६ को आर्थिक सहयोग तथा सहकार्य रहने जानकारी दिनुभयो । यसै गरी सचिव सञ्जय शर्मा राजोपाध्यायले नेपाल संवत् प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋण मोचन गरी नेपाल संवत् थालनी गरेको अवसरमा न्हुदँ समारोह तथा भिन्तुना सांस्कृतिक र्‍याली तयारी भएको बताउनुभयो ।

न्युँद ११४७ को अवसर पारेर क्रोधशिरोमणि कालु कुमालेले सिर्जना गरेको क्रोधकृति आवरणमा समेटेर नेपाल भाषाको पात्रो प्रकाशन, नेपाल भाषा वर्णमाला तथा म्हःपूजाको तान्त्रिक विधि समावेश गरिएको बुकलेटसमेत प्रकाशन गरिने छ । सोही अवसरमा पाँचौँ संस्करणको राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता आयोजना गरिने जानकारी गराइएको छ । बुद्धिचालबाहेक अन्य विभिन्न खेलकुद कार्यक्रम पनि हुने छन् । कात्तिक १८ र १९ गते बुद्धिचाल, कात्तिक २३ गते राष्ट्रव्यापी खुला १० किमी दौड तथा कात्तिक २४ गते ३० किमी साइकल र्‍याली हुने जानकारी नेपालभाषा मंका खल यलका सचिव राजु ताम्राकारले गराउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha