आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

नेपाल आउँदै मिसेज वर्ल्ड चनिता

नेपाल आउँदै मिसेज वर्ल्ड चनिता

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 6
    Views
नेपाल आउँदै मिसेज वर्ल्ड चनिता

काठमाडौँ, कात्तिक १३ गते । मिसेज वर्ल्ड–२०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउनुहुने भएको छ । उहाँ रिबन इन्टरटेनमेन्टको आयोजनामा शनिबार काठमाडौँस्थित पुलिस क्लबमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड–२०२६ को ग्रान्ड फिनालेमा सहभागी हुनुहुने छ ।

मिसेज वर्ल्डको ताज जितेपछि थाइल्यान्डकी स्यामीले पहिलो पटक नेपाल भ्रमण गर्न लाग्नुभएको हो । उहाँले मिसेज नेपाल वल्र्डका प्रतिस्पर्धीलाई बधाई दिन नेपाल आउन पाउँदा खुसी व्यक्त गर्नुभएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha