आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

नेपालको पर्यटनमा विदेशी लगानीकर्ताको आकर्षण

नेपालको पर्यटनमा विदेशी लगानीकर्ताको आकर्षण

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 4
    Views
नेपालको पर्यटनमा विदेशी लगानीकर्ताको आकर्षण

काठमाडौँ, कात्तिक १५ गते । विदेशी लगानीकर्ताका लागि पर्यटन र सेवा क्षेत्र मुख्य आकर्षणको क्षेत्र बनेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ता आकर्षित हुँदा लगानी प्रतिबद्धता धेरै आएको हो ।

उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म ४२२ परियोजनामार्फत १६ अर्ब २३ करोड १९ लाख रुपियाँ प्रतिबद्धता आएको छ । जसमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १०८ परियोजनामार्फत छ अर्ब आठ करोड २८ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवा क्षेत्रका ३३ वटा परियोजनामा तीन अर्ब ५७ करोड ५४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको तथ्याङ्कले देखाउँछ ।

ऊर्जा क्षेत्रमा भने दुई परियोजनामार्फत चार अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । यस्तै उत्पादन क्षेत्रमा २५ परियोजनामार्फत एक अर्ब ६० करोड ५३ लाख रुपियाँ लगानी गर्ने प्रतिबद्धता आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha