काठमाडौँ, कात्तिक १५ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा आठ हजार ३०० रुपियाँ र चाँदीको मूल्य १७५ रुपियाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७२ हजार रुपियाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ६५० रुपियाँ निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपियाँ र चाँदी तीन हजार ८२५ रुपियाँमा कारोबार भएको थियो ।