आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

कोलम्बियाको विद्रोही शिविरमा भेनेजुएलाद्वारा आक्रमण, नौ जनाको मृत्यु

कोलम्बियाको विद्रोही शिविरमा भेनेजुएलाद्वारा आक्रमण, नौ जनाको मृत्यु

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 2
    Views
कोलम्बियाको विद्रोही शिविरमा भेनेजुएलाद्वारा आक्रमण, नौ जनाको मृत्यु

काराकास,  कात्तिक १५ गते ।  भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार एएफपीलाई बताएअनुसार शुक्रबार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरमा सेनाले आक्रमण गरेको थियो । सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग भएको शान्ति सम्झौतापछि भेनेजुएलामा भएको यो पहिलो यस्तो आक्रमण भएको उहाँले दाबी गर्नुभयो ।

संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शवहरू छरिएका, रूखहरू ढलेका र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ । संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेको टाराजोनाले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha