आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

भुटानद्वारा नेपाललाई १० करोड भारतीय रुपैयाँ सहयोग, राजाको आदेशमा विपद् राहत कोषमा रकम प्रदान

भुटानद्वारा नेपाललाई १० करोड भारतीय रुपैयाँ सहयोग, राजाको आदेशमा विपद् राहत कोषमा रकम प्रदान

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १५, २०८३

  • 10
    Views
भुटानद्वारा नेपाललाई १० करोड भारतीय रुपैयाँ सहयोग, राजाको आदेशमा विपद् राहत कोषमा रकम प्रदान

नवीनसञ्चार संवाददाता
काठमाडौँ अक्टोबर ३१। भुटानले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० करोड भारतीय रुपैयाँ सहयोग गरेको छ।

भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकको शाही आदेशअनुसार भुटान सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो भुटानको सरकारी सञ्चारमाध्यम कुएन्सेलले लेखेको छ।

भुटानका लागि नेपालका राजदूत मेजर जनरल भेत्सोप नाम्ग्यालले नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

गत अगस्ट २६ मा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै भुटानले सहयोगलाई कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रतिको ऐक्यबद्धता तथा मित्रताको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।

भुटानको शाही सरकार र त्यहाँका जनताले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित समुदायको शीघ्र पुनःस्थापना र जनजीवन सामान्य बनाउन सफलताको कामना गरेका छन्।

नेपाल र भुटानबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने यो सहयोगले विपद्का बेला दुई देशबीचको आपसी सद्भाव र सहकार्यलाई थप उजागर गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha