शनिबार, कार्तिक १५, २०८३ | October 31, 2026

एनएच भुटानी समुदायले नोभेम्बर ७ मा दीपावली तथा तिहार उत्सव आयोजना गर्ने

एनएच भुटानी समुदायले नोभेम्बर ७ मा दीपावली तथा तिहार उत्सव आयोजना गर्ने

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १५, २०८३

  • 19
    Views
एनएच भुटानी समुदायले नोभेम्बर ७ मा दीपावली तथा तिहार उत्सव आयोजना गर्ने

नवीनसञ्चार संवाददाता

म्यानचेस्टर (न्यू ह्याम्पशायर), अक्टोबर ३१। नेपाली तथा भुटानी अमेरिकी समुदायबीच सांस्कृतिक एकता, आपसी सद्भाव र परम्परागत पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एनएच भुटानी समुदाय (NH Bhutanese Community) ले आगामी नोभेम्बर ७ मा भव्य ‘दीपावली तथा तिहार उत्सव २०२६’ आयोजना गर्ने भएको छ।

न्यू ह्याम्पशायरको म्यानचेस्टरस्थित ३७६ मासाबेसिक स्ट्रिटमा रहेको एसियन कबाब एन्ड ग्रिलमा आयोजना हुने उत्सव दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार कार्यक्रममा भुटानी अमेरिकी, नेपाली अमेरिकीसहित विभिन्न समुदायका व्यक्तिहरूलाई सहभागी गराई आपसी भाइचारा, सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखिएको छ। ‘सबैलाई हार्दिक स्वागत छ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा प्रवेश निःशुल्क तथा सबैका लागि खुला रहने जनाइएको छ।

उत्सवमा हिमालयन ड्रीम्स ब्यान्डले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ भने विभिन्न सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्। त्यस्तै, डीजे मुकुन्दको विशेष प्रस्तुति, परम्परागत नेपाली तथा भुटानी परिकार र विविध मनोरञ्जनात्मक गतिविधिसमेत कार्यक्रमका आकर्षण रहनेछन्।

यसैगरी, समुदाय र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सामुदायिक पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ।

प्रवासमा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुन लागेको यस उत्सवले नेपालीभाषी समुदायबीचको एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha