शनिबार, कार्तिक १५, २०८३ | October 31, 2026

नेपाली युथ युनियन क्रोएसियामा नयाँ नेतृत्व, राजदूतावास स्थापनाको माग

नेपाली युथ युनियन क्रोएसियामा नयाँ नेतृत्व, राजदूतावास स्थापनाको माग

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १५, २०८३

  • 66
    Views
नेपाली युथ युनियन क्रोएसियामा नयाँ नेतृत्व, राजदूतावास स्थापनाको माग

नवीनसञ्चार सम्वाददाता, क्रोएसिया । नेपाली युथ युनियन क्रोएसियाका संयोजक ओमकुमार साउदको अध्यक्षतामा २०२६ सेप्टेम्बर २० मा बसेको दोस्रो बैठकले निर्वाचन मिति र विधान मस्यौदा तयार पार्ने निर्णय गरेसँगै २०२६ अक्टोबर २५ का दिन संस्थाको प्रथम ऐतिहासिक महाधिवेशन  सम्पन्न भएको छ । महाधिवेशनले संस्थाको नयाँ कार्यसमिति चयन गर्दै क्रोएसियामा नेपाली राजदूतावास स्थापना गर्न माग गरेको छ ।

‘रिदाम ग्राडा’मा सम्पन्न उक्त महाधिवेशनमा एनआरएनए, क्रोएसियाका अध्यक्ष तथा प्रमुख अतिथि सूर्य बहादुर थिङ (साइमन लामा), उपाध्यक्ष हर्कबहादुर साहू, प्रवक्ता मिनबहादुर चलाउने, सचिव आनन्द गिरी, कोषाध्यक्ष विशाल लामा, सुदूरपश्चिमेली समाज क्रोएसियाका अध्यक्ष चेतन बिसी, सदस्य भक्तराज ओझा, लुम्बिनी समाज क्रोएसियाका सल्लाहकार मोहन विक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

महाधिवेशनबाट सर्वसम्मतिले चयन भएको नयाँ कार्यसमिति यसप्रकार रहेको छ

अध्यक्ष: ओम कुमार साउद
वरिष्ठ उपाध्यक्ष: गोविन्द न्यौपाने
उपाध्यक्ष: कृष्ण कार्की
महिला उपाध्यक्ष: हसिना खान
कोषाध्यक्ष: रुपा बराल
सचिव: निरज मगर
सहसचिव: पार्वता मुखिया
प्रवक्ता: ध्रुव विक
सहप्रवक्ता: सुमिना सापकोटा
केन्द्रीय सदस्य:
शरद रावत, आशिष रिजाल, पुष्कर चौधरी, कृष्ण सुनार, आर्यन मगर, करण चौधरी, र सुवास खत्री।
सदस्य:
दिपेन्द्र राज उपाध्याय, सोम गुरुङ, मिलन घर्ती मगर, र तेजेन्द्र फलामी।
सल्लाहकार समिति
विशिष्ट सल्लाहकार:  परेक बहादुर शाही, रुद्र मगर, र शंकर भुसाल।

 

रोजगारी तथा अध्ययनको सिलसिलामा क्रोएसियामा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै, हकहित संरक्षण र आपतकालीन सहयोगका लागि ‘नेपाली युथ युनियन क्रोएसिया’ को स्थापना २०२६ जुन २१ मा दिन क्रोएसियाको जाग्रेबस्थित बुन्देक पार्कमा भएको थियो।
संस्थाको स्थापनाकालमा संयोजक ओम कुमार साउद, उपसंयोजकहरू राजेन्द्र तिमल्सिना र गोविन्द न्यौपाने, सचिव ध्रुव विक, कोषाध्यक्ष कृष्ण कार्कीसहित १७ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो।

स्थापनाको  उद्देश्य

क्रोएसियामा रहेका नेपालीहरूलाई दुःख-सुखमा साथ दिन, आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्न, नयाँ आउने नेपालीहरूलाई सहजता प्रदान गर्न तथा खेलकुद र सांस्कृतिक क्षेत्रको विकासमार्फत ‘हामी सबै नेपाली एक हौं’ भन्ने भावना जागृत गराउन यो संस्था स्थापित भएको हो।

सामाजिक तथा मानवीय कार्य
स्थापना कालदेखि नै संस्थाले विभिन्न मानवीय र सामाजिक कार्य गर्दै आएको छ ।

स्वर्गीय चित्रबहादुर थापा मगरको शव व्यवस्थापन

संस्था स्थापनाको दिनमै स्याङ्जा समाज क्रोएसियाको सहकार्यमा मृतक चित्रबहादुर थापा मगरको शव नेपाल पठाउन प्रत्येक व्यक्तिबाट १० युरोका दरले रकम संकलन गरी  ११० युरो दुई हप्तापछि पीडित परिवारको सहयोगार्थ हस्तान्तरण गरिएको थियो।

विष्णु घर्ती मगरको शव नेपाल पठाउन  सहयोग

क्रोएसियाको जादरमा कार दुर्घटनामा परी निधन हुनुभएका विष्णु घर्ती मगरको शव नेपाल पठाउन आर्थिक संकट परेको बेला एनआरएनएको आह्वानमा अन्य संघसंस्थासरह ८० युरो आर्थिक सहयोग गरिएको थियो।
यसबाहेक, बिरामी तथा अलपत्र परेका नेपालीहरूको उद्धार, ठगीमा परेकाहरूलाई कानुनी र व्यावहारिक सहयोग, सांस्कृतिक तथा खेलकुदका गतिविधिको प्रवर्द्धन गर्दै आएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha