बिहिबार, अशोज २९, २०८३ | October 15, 2026

भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

  • Naveen Sanchar

  • बुधबार, अशोज २८, २०८३

  • 36
    Views
भावपूर्ण श्रद्धाञ्जली
आदरणीय आमा स्व. तुलसा देवी सिग्देलज्यूको निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँकी सुपुत्री बबिता सिग्देलज्यू, ज्वाइँ रमेश खतिवडाज्यू लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस कठिन घडीमा परिवारलाई धैर्य, साहस र आत्मबल प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ।
साथै, उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम शुक्रबार, अक्टोबर १६, २०२६, साँझ ५ बजे, Deerfoot South – McInnis & Holloway Funeral Home & Cremation Services, 12281–40th Street SE, Calgary मा हुने जानकारी गराउँदै उपस्थित भई श्रद्धाञ्जली अर्पण गरिदिनुहुन सम्पूर्ण समुदायमा हार्दिक अनुरोध गर्दछौँ।
– नेप्लिज क्यानेडियन एसोसिएसन अफ क्यालगरी (NCAC) परिवार


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha