बुधबार, भदौ १०, २०८३ | August 26, 2026

 राहत उद्धारको लागि ५  करोड रुपैयाँ   सहयोग

 राहत उद्धारको लागि ५  करोड रुपैयाँ   सहयोग

  • Naveen Sanchar

  • बुधबार, भदौ १०, २०८३

  • 3
    Views
 राहत उद्धारको लागि ५  करोड रुपैयाँ   सहयोग

नवीनसञ्चार समाचारदाता
काठमाडौँ, भदौ १० गते ।
गैरआवासीय नेपाली संघले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरि तत्काल रु ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।।एनआरएनएका अध्यक्ष डा। हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरिएको छ। त्यस्तै, आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति, स्वयंसेवक परिचालनका लागिउपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, एनसीसी परिचालनका लागि महासचिव डा। चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजक समेत रहने गरि एनसीसी परिचालन समिति गठन गर्ने र विपद व्यवस्थापन समिति र सम्बन्धित निकायसंग समन्वय गर्न प्रमुख कार्यकारीअधिकृत राजेन्द्र कुमार राउतलाई जिम्मेवारी तोक्ने निर्णय समेत संघले गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha