शनिबार, असार २७, २०८३ | July 11, 2026

कीर्तिपुरको सुकुमबासी होल्डिङ सेन्टर डुबानमा, सुरक्षित स्थानमा सारिंदै

कीर्तिपुरको सुकुमबासी होल्डिङ सेन्टर डुबानमा, सुरक्षित स्थानमा सारिंदै

  • Naveen Sanchar

  • शनिबार, असार २७, २०८३

  • 30
    Views
कीर्तिपुरको सुकुमबासी होल्डिङ सेन्टर डुबानमा, सुरक्षित स्थानमा सारिंदै

२७ असार, काठमाडौं । कीर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटको ‘राधास्वामी होल्डिङ सेन्टर’ बागमती नदीको बाढीले डुबानमा परेको छ। लगातारको वर्षापछि नदीको बहाव बढ्दा शुक्रबार रातिदेखि नै उक्त क्षेत्र जलमग्न भएको हो । बागमतीको पानी होल्डिङ सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमबासीहरूको रातभर बिचल्ली भएको छ ।

घटनाको जानकारी पाएलगत्तै राति १:३८ बजेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको थियो । दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३० जना र नेपाल प्रहरीका ३० जना गरी कुल ६० जनाको टोलीले उद्धार कार्य जारी राखेको गृह मन्त्रालयको दाबी छ।

होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा सुरक्षित रूपमा सारिएको ६ जना नजिकैको होस्टलमा बस्न गएको र ९४ जनाले भने सेन्टर छोड्न नमानेको मन्त्रालयलको दाबी छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha