२१ असार, काठमाडौं । सामाजिक सेवाको क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रियरुपमा आ–आफ्नो गौरवशाली ईतिहास र उपस्थिति जनाउॅदै आएको संस्था इनरह्वील क्लव र रोटरी क्लवको कीर्तिपुर नगरको नयॉ नेतृत्व चयन गरिएको छ । गत असार १७ र १८ गते सम्पन्न क्लवको नियमित अधिवेशनले सन् २०२६–२७ का लागि क्रमशः इनरह्वील क्लवको अध्यक्षमा समाजसेवी सानु अमात्य र रोटरी क्लवको अध्यक्षमा रमेशमान डंगोल चयन भएको क्लव स्रोतले जनाएको छ । अमात्य र डंगोल दुबै कीर्तिपुर २ वडा निवासि हुन् भने डंगोल कीर्तिपुर २ वडाका पूर्वअध्यक्षसमेत हुन् । दुबै जनालाई हार्दिक बधाई ज्ञापनका साथ सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं ।