बिहिबार, असार १८, २०८३ | July 2, 2026

वडासदस्य नरेन्द्र श्रेष्ठको निधन, कीर्तिपुरमा आज शोक विदा

वडासदस्य नरेन्द्र श्रेष्ठको निधन, कीर्तिपुरमा आज शोक विदा

  • Naveen Sanchar

  • बुधबार, असार १७, २०८३

  • 130
    Views
वडासदस्य नरेन्द्र श्रेष्ठको निधन, कीर्तिपुरमा आज शोक विदा

१७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले आज असार १७ गते बुधवार एक वडा सदस्य गुमाएको छ । कीर्तिपुर नगरपालिका ८ नं. वडाका निर्वाचित सदस्य नरेन्द्र श्रेष्ठको निधन भएको जनाएको छ । पांगा निवासि ५३ वर्षीय श्रेष्ठ ०७९ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको ८ वडा ईकाइ सभापतिसमेत रहेका श्रेष्ठले कीर्तिपुर नगरपालिकाबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । उनको पार्थिव शरीरलाई कीर्तिपुर १० स्थित वर्षाहितीको नगरपालिका भवनअगाडि राखी जनप्रतिनिधि, कर्मचारीलगायत शुभेच्छुक सर्वसाधारणबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेको पारिवारिक स्रोतले बताएको छ । उनको निधनको शोकमा कीर्तिपुर नगरपालिकाले आज एक सूचना प्रकाशित गरि शोक विदा दिएको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha