शुक्रबार, असार ५, २०८३ | June 19, 2026

प्राचीन सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा जनप्रतिनिधिको चासो

प्राचीन सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा जनप्रतिनिधिको चासो

  • Naveen Sanchar

  • शुक्रबार, असार ५, २०८३

  • 50
    Views
प्राचीन सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा जनप्रतिनिधिको चासो

५ असार, काठमाडौं । आधुनिक विकास र ०७२ सालको विनासकारी भूकम्पले नष्ट भएका प्राचीन एवं सांस्कृतिक महत्वको सम्पदा मार्ग र पुरातात्विक घाट संरक्षणमा कीर्तिपुरका जनप्रतिनिधिहरु बढ्दो चासो र सरोकार देखिएको छ । नगर क्षेत्रका पुृराना पाटी, सत्तल, मठ, मन्दिरहरु संरक्षण तथा पुननिर्माणमा कीर्तिपुर नगरपालिकाले उल्लेख्य सक्रियता देखाएको छ । नगरका प्रमुख धार्मिक स्थलहरु पुननिर्माण भईसकेको देखिन्छ ।
नगर प्रमुख कृष्णमान डंगोल र १० वडाअध्यक्ष नरेश महर्जनले हाल निर्माण भैरहेको ललतिपुर जोड्ने सम्पदा मार्ग र वागमती नदी किनार झोलुंगे पुलमुनिको घाट क्षेत्र संरक्षणमा चासो राख्नुभएको छ । चिलंचोका वज्राचार्य, शाक्य समुदायले अन्तिम संस्कार गर्दै आएको घाट क्षेत्रका सत्तल र मठ–मन्दिर ०७२ सालमा क्षति भएको र त्यसपछि पुरै लोप भएको पार्ईएको छ । वागमती नदी किनारको जग्गा त्रिभुवन विश्वविद्यालयले विभिन्न निकाय तथा संघ, संस्थालाई भाडामा लगाउॅदै आएको छ । वागमती सभ्यता संरक्षणको सरकारी योजना बल्खुयता नआएपछि भाडा र सुकुम्वासिलगायत विभिन्न नाममा जग्गा दुरुपयोग हुॅदै आएको छ । नदी किनारको जग्गा संरक्षण गरि हरियाली प्रबद्र्धन गर्न आम सर्वसाधारणको माग रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha