शुक्रबार, असार ५, २०८३ | June 19, 2026

जात्रामा जावलाखेल पुगेका गुन्डा सम्पर्कविहिन

जात्रामा जावलाखेल पुगेका गुन्डा सम्पर्कविहिन

  • Naveen Sanchar

  • शुक्रबार, असार ५, २०८३

  • 69
    Views
जात्रामा जावलाखेल पुगेका गुन्डा सम्पर्कविहिन

५ असार, काठमाडौं । गत असार ३ गते बुधवार रातो मच्छिन्द्रनाथको रथयात्रामा सरिक हुन बाजागाजासहित ललितपुरको जावलाखेल पुगेका गुन्डा महर्जन सम्पर्कविहिन रहेको पारिपारिक स्रोतले जनाएको छ ।
कीर्तिपुर १ वडा गःछेॅ निवासि ६४ वर्षीय गुण्डा महर्जन बुधवार दिउॅसो कीर्तिपुरको बाजासंगै जात्राको सामुहिक सेतो टिसर्ट लगाई जावलाखेल गएको तर बेलुकी घर नफर्केको बताए । बोल्न र सुन्न नसक्ने फरक क्षमताका भएपनि गुन्डा व्यवहारमा चलाख बाजागाजा र जात्रामा रमाउने स्वभावका भएको बताईएको छ । जात्रा सकेर सबै घर फर्कंदा उनी कता गए ? बेखबर छन् । परिवार, आफन्त र टोलवासि चिन्तित छन् । खोजी गरिदिन सुरक्षा निकायलाई गुहार गर्दैछन् । कहिॅ, कतै, कसैले देखे, भेटेको खण्डमा नजिकको प्रहरी कार्यालयमा वा ९८४१७००२९१ नम्बरमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha