२३ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकाका १० वटा वडाहरुमध्ये १० नं. वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज जेठ २३ गते शनिवार स्थानीय क्वाःक्यब सामुदायिक भवनमा बिहान आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम वडाअध्यक्ष नरेश महर्जनको सभाध्यक्षता र नगर प्रमुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उप–प्रमुख शुभलक्ष्मी शाक्य र प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डिएसपि शिवकुमार बुढाथोकी विशेष अतिथि रहनुभएको कार्यक्रममा उपस्थिति वडावासि तथा विद्यालय, कलेज र संघ, संस्था, समूहका प्रतिनिधिहरुले विभिन्न जिज्ञासा तथा सुझावहरु राखेको जनाउको छ । चालु आवको बजेट तथा योजना र वढा कार्यालयको कार्यसम्पादन, प्रगति, आय, आम्दानीका बारेमा वडा सचिव र्सजना महर्जनले प्रस्तुति राख्नुभएको बताईएको छ ।
कार्यक्रममा सुरुमा प्रमुख अतिथि र विशेष अतिथिहरुको मन्तव्यका साथै सहभागीहरुबाट आएका सुझाव र उठाईएका शैक्षिक, सामाजिक र खेलकूद क्षेत्रलगायत जिज्ञासाहरुको सम्बोधन वडाअध्यक्ष नरेश महर्जनले राख्नुभएको वडा कार्यलयले जनाएको छ ।