आइतवार, बैशाख २७, २०८३ | May 10, 2026

सन् २०२६ हज सिजनका नेपाली हजयात्रीहरूको पहिलो टोली जेद्दा आइपुग्यो

सन् २०२६ हज सिजनका नेपाली हजयात्रीहरूको पहिलो टोली जेद्दा आइपुग्यो

  • Naveen Sanchar

  • आइतवार, बैशाख २७, २०८३

  • 27
    Views
सन् २०२६ हज सिजनका नेपाली हजयात्रीहरूको पहिलो टोली जेद्दा आइपुग्यो

जेद्दा, साउदी अरब — सन् २०२६ सिजनको हजयात्राका लागि शनिबार, ९ मे अपराह्न ३:४५ बजे जेद्दास्थित King Abdulaziz International Airport मा नेपाली हजयात्रीहरूको पहिलो टोली आइपुगेको छ। पहिलो चरणमा आएका ८१ जना हजयात्रीहरूलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावास परिवारले औपचारिक स्वागत गरेको थियो।

स्वागत कार्यक्रममा Ministry of Hajj and Umrah का पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। हजयात्रीहरूको पहिलो टोली नेपाल हज समितिका अध्यक्ष Mokhtar Ahmad को नेतृत्वमा साउदी अरब पुगेको हो।

साउदी अरब सरकारले नेपालका लागि उपलब्ध गराएको १२०० जनाको हज कोटाअनुसार यस वर्ष ११ जना पदाधिकारीसहित कुल १२११ जना नेपाली हजयात्रीहरू हजयात्राका लागि साउदी अरब आउने कार्यक्रम रहेको छ।

नेपाली हजयात्रीहरूको यात्रा तयारी, समन्वय तथा सहजीकरणको कार्य Nepal Hajj Committee को नेतृत्वमा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha