शुक्रबार, चैत्र १३, २०८२ | March 27, 2026

नेपाली समुदायमा उत्साहपूर्ण तयारी: नयाँ वर्ष २०८३ कार्यक्रम

नेपाली समुदायमा उत्साहपूर्ण तयारी: नयाँ वर्ष २०८३ कार्यक्रम

  • Naveen Sanchar

  • बिहिबार, चैत्र १२, २०८२

  • 31
    Views
नेपाली समुदायमा उत्साहपूर्ण तयारी: नयाँ वर्ष २०८३ कार्यक्रम

स्पेन, बार्सिलोना –
चैत्राअष्टमी (चैते दशैं) को पावन अवसरमा देश–विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, स्पेनको बार्सिलोना स्थित नेपाली समुदायले “नेपाल पर्यटन प्रवर्द्धन तथा नयाँ वर्ष शुभकामना आदान–प्रदान कार्यक्रम – २०८३” आयोजना गर्न लागेको छ।
कार्यक्रम २६ अप्रिल २०२६ (१३/०१/२०८३) आइतबार, Plz. Sagrada Familia, Barcelona मा दिउँसो ४ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ। यस अवसरमा नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै नेपाल र नेपाली कला–संस्कृति, पर्यटन, परिकार, भेषभुषा र संगीतको विशेष प्रदर्शन पनि हुने छ।
कार्यक्रमको उद्देश्य विश्वभर फैलिएको नेपाली समुदायलाई एकत्रित गर्नु मात्र होइन, आफ्नो संस्कृति, कला र पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालप्रति गर्व र चिनारीको भावना जगाउनु पनि रहेको नेपाली जनप्रगतिशील मंच, स्पेन का अध्यक्ष विशाल ढुंगानाले बताएका छन्। यस कार्यक्रममा सहभागीहरूले नेपाली कला–संगीतको प्रस्तुति, नेपाली परिकार प्रदर्शनी, सांस्कृतिक झलक र परम्परागत भेषभुषाको अनुभव लिन सक्नेछन्।
कार्यक्रमको आयोजना नेपाली जनप्रगतिशील मंच, स्पेन द्वारा बार्सिलोना नगरपालिकासँगको समन्वयमा गरिएको हो। आयोजकहरूले कार्यक्रममा प्रस्तुति दिन चाहने संघ–संस्थाहरू वा व्यक्तिगत प्रस्तुति दिन इच्छुक व्यक्तिहरूले १४ अप्रिल २०२६ भित्र सम्बन्धित सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्नुपर्ने जानकारी दिएका छन्।
कार्यक्रमका प्रमुख सम्पर्क व्यक्तिहरू:
विशाल ढुंगाना : 631158873
केशव राज कडेंल : 632402098
सुर्य प्रसाद सापकोटा “धिरज” : 631181005
गंगा प्रसाद भुषाल : 617725005
श्याम प्रसाद खनाल : 677597545
अर्जुन आचार्य : 632342776
आयोजकहरूले सबै नेपाली समुदायलाई यो सांस्कृतिक अवसरमा उपस्थित भएर नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धनमा आफ्नो सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेका छन्। कार्यक्रममा सहभागी भएर नेपाली नयाँ वर्ष २०८३ लाई साझा उत्सवको रूपमा मनाउने सुनौलो अवसर प्रदान गरिनेछ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha