आइतवार, चैत्र १, २०८२ | March 15, 2026

‘जय बाघभैरव’ भक्ति संगीत म्युजिक भिडियो सार्वजनिक

‘जय बाघभैरव’ भक्ति संगीत म्युजिक भिडियो सार्वजनिक

  • Naveen Sanchar

  • आइतवार, चैत्र १, २०८२

  • 110
    Views
‘जय बाघभैरव’ भक्ति संगीत म्युजिक भिडियो सार्वजनिक

-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर ।

उपत्यकाको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सहर कीर्तिपुरको पर्याय बनेको आराध्यदेव बाघभैरवको नयॉ भक्ति संगीत सार्वजनिक गरिएको छ । नेपालभाषा साहित्य एवं गीत, संगीतकार नरेनमान महर्जनको लेखन तथा निर्देशनमा फागुन २९ गते शुक्रवार कीर्तिपुरको बाघभैरव परिसरमा जय बाघभैरव भक्ति संगीत सार्वजनिक गरिएको हो । बाघभैरवको महिमा र स्वरुपलाई मिठासपूर्ण शब्द र संगीत संयोजनमा सार्वजनिक गरिएको भक्ति संगीत सार्वजनिक कार्यक्रममा नगर प्रमुख कृष्णमान डंगोललगायत स्थानीय समाजसेवी श्रीराम महर्जन, अभिनेत्री हिसिला महर्जनलगायत नयॉ र पुराना गरि १ सय २० जना कलाकारहरुको अभिनय रहेको  छ । गीत, संगीत र प्रविधि संयोजन सुरेन्द्र श्रेष्ठ र जिवित जल्मिको रहेको उक्त म्यूजिक भिडियो नरेनमान म्यूजिक यूट्युबमा सार्वजनिक गरिएको हो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha