सोमवार, फाल्गुन १८, २०८२ | March 2, 2026

मध्यपूर्वमा सुरक्षित रहन अनुरोध

मध्यपूर्वमा सुरक्षित रहन अनुरोध

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १७, २०८२

  • 54
    Views
मध्यपूर्वमा सुरक्षित रहन अनुरोध
मध्यपूर्व क्षेत्रमा हाल देखिएको तनावपूर्ण अवस्थाले हामी सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको छ। युएई, इजरायल, इरान लगायतका देशहरूमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित रहन, अनावश्यक आवागमन नगर्न र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।
कृपया आफ्नो पासपोर्ट तथा आवश्यक कागजात सुरक्षित राख्नुहोस्, स्थानीय सुरक्षा निर्देशनहरू पालना गर्नुहोस्, र सम्बन्धित एयरलाइन्स तथा आधिकारिक निकायबाट मात्र अद्यावधिक जानकारी लिनुहोस्।
यस कठिन र संवेदनशील समयमा, त्यहाँस्थित नेपाली दूतावासहरू तथा नेपाल सरकारसँग नेपाली नागरिकहरूको सुरक्षा, आवश्यक सहयोग तथा आपतकालीन व्यवस्थापनका लागि तुरुन्तै प्रभावकारी कदम चाल्न पनि विनम्र आग्रह गर्दछु।
हामी सबै नेपालीहरू जहाँ भए पनि एकअर्काको साथमा छौं।
सुरक्षित रहौँ, सचेत रहौँ, र संयमित रहौँ।
सन्तोष दाहाल
वरिष्ठ उपाध्यक्ष
गैरआवासीय नेपाली संघ (NRNA)
राष्ट्रिय समन्वय परिषद्, क्यानडा
नेपाल सरकारका पूर्व पर्यटन सद्भावना दूत

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।

 

May be an image of text that says 'सम्पर्क निकाय हटलाइन/ फोन नम्बर नेपाली राजदूतावास, तेल अभिव +९७२ ५४ ५५८ ५४९२ नेपाली राजदूतावास, अबु धाबी +९७१ 40 +९७१५०८१८०२८० ५०८१८०२८० ८१८०२८० नेपाली राजदूतावास, दोहा +९४ ४४६७ ५६८१ नेपाली राजदूतावास, रियाद +९६६ ११ ४६१ ४६८४ नेपाली राजदूतावास, कुवेत +९६५ +९६५२४३१५७०७ २४३१ 4000'


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha