गैरआवासीय नेपाली संघ (NRNA) – UAE
विशेष सुरक्षा तथा यात्रा सम्बन्धी सूचना 
हाल मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण अवस्था तथा Israel लगायत केही देशहरूबीच भइरहेको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका छन्। केही एयरपोर्टहरू अस्थायी रूपमा बन्द हुने तथा उडान तालिकामा परिवर्तन/रद्द हुने अवस्था देखिएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै Non-Resident Nepali Association (NRNA) – UAE परिवार सम्पूर्ण यूएई तथा मध्यपूर्वमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निम्न अनुरोध गर्दछ:

आवश्यक ध्यान दिनुपर्ने कुराहरू:
1. अत्यावश्यक बाहेक अनावश्यक यात्रा नगर्नुहोस्।
2. यात्रा गर्नुपरेमा सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था अनिवार्य पुष्टि गर्नुहोस्।
3. आफ्नो पासपोर्ट, एमिरेट्स आइडी तथा आवश्यक कागजात सुरक्षित राख्नुहोस्।
4. स्थानीय सरकार बाट जारी आधिकारिक सूचनाहरू नियमित रूपमा हेर्नुहोस्।
5. अफवाहमा विश्वास नगरी आधिकारिक स्रोतबाट मात्र सूचना लिनुहोस्।

आपतकालीन सम्पर्क:

050 956 2045
(भिम मल्ल ठकुरी – अध्यक्ष, NRNA NCC UAE)
NRNA UAE नेपाली समुदायको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि समस्या, आपतकालीन अवस्था वा जानकारीका लागि माथिको नम्बरमा सम्पर्क गर्नुहोस्।
–
सबैजना सुरक्षित रहौं, संयमता अपनाऔं।
भिम मल्ल ठकुरी
अध्यक्ष
NRNA NCC UAE
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।