बर्तमान घटनाक्रमका सन्दर्भमा बहराइनमा बसोबास गर्ने सबै नेपाली समुदायका सदस्यहरूलाई आधिकारिक निर्देशन र सुरक्षा जानकारी अपडेटहरू पालना गर्न अनुरोध गरिएको छ ।
कृपया शान्त रहनुहोस् । सुरक्षित स्थानमा रहनुहोस् । र, आधिकारिक स्रोतबाट प्राप्त सूचनाहरु हेर्नुहोस् । सामाजिक सञ्जालका प्लेटफर्महरू मार्फत प्राप्त कुनै हल्ला वा अफवाहहरू शेयर नगर्नुहोस् ।
नेपाली राजदूतावास बहराइन मनामा जुफेर क्षेत्रमा रहेको छ । सुरक्षा संवेदनशीलतामा ध्यान दिनु होस् । कुनै कन्सुलर सेवाको लागि राजदूतावास आउनु अघि सम्पर्क गर्नुहोला ।
-नेपाली राजदूतावास
जुफेर, मनामा, बहराइन
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।