रङ्गहरुको पर्व फागु पुर्णिमा अर्थात होलीलाई प्रवासमा समेत परिचित गराउने उद्देश्यका साथ “सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स)दक्षिण कोरियाको प्रमुख आयोजना तथा मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको सहआयोजनामा आउँदो March 01 तारीख आईतबारका दिन विविध सास्कृतिक कार्यक्रमका साथ “안산 होली महोत्सव 2026” कार्यक्रम गर्न लागिएको सहर्ष जानकारी गराउन चाहान्छौँ ।
उक्त कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपाली समुदायहरुमा उपस्थिति भई भरपूर मनोरञ्जन लिनुका साथै संस्कृति प्रवर्द्धनमा पनि टेवा पूर्याईदिनुहुनका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
होली कार्यक्रमः
मिति: २०२६/०३/०१ आईतबार
समय : बिहान ११:३० बजे
स्थान: 경기도 안산시 단원구 부부로 43 (원곡동)
आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्क
आनसान(안산) स्टेसनदेखि हिँडेर ५ मिनेटको दूरीमा
नोटः होलीको लागी आवश्यक रंग र टिसर्टहरु कार्यक्रम स्थलमै उपलब्ध हुनेछन् ।