मङ्लबार, माघ १४, २०८२ | January 27, 2026

साउदी अरबका नेपालीको अवस्था कहाली लाग्दो छ : नरेश सापकोटा

साउदी अरबका नेपालीको अवस्था कहाली लाग्दो छ : नरेश सापकोटा

  • Naveen Sanchar

  • मङ्लबार, माघ १४, २०८२

  • 35
    Views
साउदी अरबका नेपालीको अवस्था कहाली लाग्दो छ :  नरेश सापकोटा

नेपालको रसुवा जिल्ला, उत्तरगया गाउँपालिका, वडा नम्बर २, डाँडागाउँ घर भई हाल साउदी अरेबियामा रहनुभएका नरेश सापकोटा नवीनसञ्चार अनलाइनलाई अत्यन्त माया गर्ने नियमित शुभचिन्तक पाठक हुनुहुन्छ । प्रस्तुत छ , उहाँसँग नवीनसञ्चारले गरेको आत्मीय कुराकानीः

 

० तपाईं कहाँ जन्मिनुभयो  ? यहाँको नेपालको घर कहाँ होला ?
– रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नं २ डाँडागाउँ


० जन्मभूमिको सम्झना कत्तिको आउँछ ?
-असाध्यै आउँछ शब्दमा बयान गर्न सकिँदैन आमा र जन्मभूमि खै कसले पो भुल्न सक्ला र

० साउदी अरब आउनुभएको कति भयो ?
-विगत २०१२ देखि साउदी अरबमा कार्यरत छु।

० साउदी अरबमा बसेर काम गर्दा यहाँको अनुभव कस्तो रह्यो ?
– साउदी अरबमा बसेर काम गर्दा मेरो अनुभव भन्नुपर्दा यतिको काम यो नियम यसरी समयको पालना गर्दै नेपालमा केही गर्ने हो भने केही गर्ने वातावरण बन्यो भने हामी हाम्रो देशम विकासको मूल फुटाउन सक्छौँ सक्छौ।

 

० साउदीमा यहाँले पाउनुभएका र गुमाउनुभएका कुरा के के छन् ?
-आर्थिक रूपमा घरपरिवार चलाउन केही आर्थिक सबल भएपनि जीवनको ऊर्जाशील समय परदेशीभूमिमा परिवारबाट टाढा रहेर गुमाएको छु।


०साउदीमा कार्यरत नेपालीको अवस्था कस्तो छ ?
-समग्रमा भन्ने हो भने साउदी अरबमा रहेका नेपालीहरूको अवस्था ४ लाख नेपालीहरूमध्ये ३ लाख नेपालीको अवस्था सोचेजस्तो छैन । अर्को भन्नै पर्ने हुन्छ धनसम्पत्ति कमाएर आर्थिक सबल भएर नेपाल फर्किने अभिलाषा बोकेर आएका कयौं नेपाली दाजुभाईहरु प्रत्येक महिनाजसो बाकसमा फर्किनु पर्दा यहाँको अवस्था कहाली लाग्दो छ । यो विषयमा गम्भीर रुपमा सोच्न बाध्य पारेको छ। अझ भन्ने हो भने नेपालीबाट नेपाली नै ठगिएका धेरै उदाहरणहरु छन्। यो विषयमा पनि सोच्नुपर्ने कुरा छन्।


० साउदी अरब र नेपालबीच केकस्ता भिन्नता पाउनुभयो ?
– साउदी अरब र नेपाल बीचको के कस्ता भिन्नता छन् भनेर भन्नुपर्दा भौगोलिक रूपले हेर्ने हो भने यो एउटा मरुभूमि हो। जहाँ मानिसहरूले सुन्दर बगैँचा बनाउँदैछन् विकासको रफ्तार उग्रगतिमा रहेको छ कलकारखाना गगनचुम्बी भवनहरू यहाँका हेर्नलाई दृश्यहरू हुन् यहाँका जनता हरू कानुनका पालना गर्छन् यहाँको सरकारले काम गरि खान स्वास्थ्य शिक्षा र रोजगारको लागि माहोल बनाएको हुन्छ। यहाँका मानिस हरू बेरोजगार भई रोजगारको लागि भौतारिनुपर्ने अवस्था हुँदैन। नेपाल यस्तो देश हो जहाँ ढुङ्गामा पिपल उम्रिन्छ, जहाँ जडिबुटी नै जडिबुटी पाइन्छ प्रकृतिको अनुपम उपहार स्वर्गको टुक्रा हो । नेपाल जहाँका युवाहरू आफ्नो मुलुकमा केही गर्न नसकेर केही काम गर्ने वातावरण नबनेर दिनप्रतिदिन डुब्न लागेका काम जस्ता बाउआमा र लाला बाला बालबच्चा अंगालोभरिको श्रीमती छोडेर गहभरी आँसु बटुली भोलिको भविष्य सोच्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको घुइँचो धेरै धेरै छ ।
० नेपाल सरकार, श्रम मन्त्रलाय, वैदेशिक रोजगार बोर्ड, साउदी अरबस्थित नेपाली दूतावास र वैदेशिक रोजगारसँग सरोकार राख्ने निकायलाई यहाँले केही सुझाव दिन चाहनुहुन्छ ?
– नेपाल सरकार श्रम मन्त्रालय मातहतका निकायको काम चुस्तदुरुस्त भएको पाइँदैन बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल बिक्दैन आवाजविहीनहरु आज पनि पीडामै रहेको सर्वविदित नै छ । अझ साउदी अरबको हकमा हेर्ने हो भने नेपालीबाट नेपाली ठगिएका धेरै छन् । यस्ता ठगेका कार्यहरू रोक्न दूतावासले अविलम्व कारवाही गर्नुपर्ने देखिन्छ ।


० यहाँको विचारमा सम्भावना भएर पनि नेपालको विकास हुन नसक्नुको मुख्य कारण के होला ?
– सम्भावना नै सम्भावना भएर पनि नेपाल अघि बढ्न नसक्नुको मुख्य कारण राजनैतिक अस्थिरता यही नै हो। चेतनाको कमी , नगण्य सङ्ख्यामा वैदेशिक योजना,  आर्थिक संकट आदि हुन् ।
० जीवन के हो जस्तो लाग्छ ?
-जीवन एक समयचक्र हो। जहाँ बिहानको मिरबिनेसँगै अपरान्न मध्यान्न गौदुली साँझ र अन्धकार अँध्यारोको समिश्रणले दिन बन्दछ। जीवन पनि यही हो। कहिले हाँसो कहिले खुसी र कहिले आँसु हाँसो खुसी र आँसुको संगम नै जीवन हो।

० नेपाली दाजुभाइ दिदीबहिनीलाई केही सन्देश दिन चाहनुहुन्छ ?
-सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई विशेषत साउदी अरबमा कर्मथलो बनाएर रहनुभएकाहरूलाई मेरो विशेष अनुरोध यो छ कि यहाँका साउदी सरकारका नियम विपरीत कुनै पनि कामकार्य नगर्नुहोला यहाँको नियम पालना गर्नु पर्ने हुन्छ आफू सचेत रही अरुलाई पनि सचेत गराउनुहोला । यदि साउदी आउँदै हुनुहुन्छ भने आफू काम गर्ने कम्पनी आफूले गर्ने काम कम्पनी भएको सहर सम्पूर्ण जानकारी लिएर मात्र आउनुहोला । सकिन्छ भने हातमा एउटा सिप बोकेर आफूले जानेको सिप सोही काम गर्ने गरी आउनु हुन विनम्र निवेदन गर्दछु । आफू आउने समयमा आफ्नो सम्पूर्ण विवरण परिवारलाई पनि दिएर आउनुहुन विनम्र अनुरोध गर्दछु।


० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
– नवीनसञ्चारले साउदी अरब लगायत विदेशमा रहेका गैरआवासीय नेपालीको आवाज बुलन्द गर्न गरेको प्रयास प्रशंसनीय छ । मलाई हजुरको मिडिया मार्फत केही कुराहरु राख्न दिनु अवसर दिनुभएकोमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु। धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha