शनिबार, माघ ११, २०८२ | January 24, 2026

राष्ट्रिय कथाव्यास समाजको विद्वत् सम्मेलन, मर्यादा कायम राख्नुपर्नेमा जोड

राष्ट्रिय कथाव्यास समाजको विद्वत् सम्मेलन, मर्यादा कायम राख्नुपर्नेमा जोड

  • Naveen Sanchar

  • शनिबार, माघ ११, २०८२

  • 252
    Views
राष्ट्रिय कथाव्यास समाजको विद्वत् सम्मेलन, मर्यादा कायम राख्नुपर्नेमा जोड

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, १० माघ
राष्ट्रिय कथाव्यास समाज नेपालद्वारा आयोजित विद्वत् सभा कार्यक्रम पाशुपत क्षेत्रमा सम्पन्न भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीशम्भुनाथ ढकाल प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा ” मुख्य विषयवस्तु नित्य नैमित्तिक प्रायश्चित्त काम्यादि कर्मको शास्त्रीय स्वरूप कर्तव्याकर्तव्यविचार ” कार्यपत्र प्रा. भवानीप्रसाद खतिवडा उपाध्यक्ष सनातन विद्वत् परिषद् नेपालका उपाध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका वेदवेदान्त पूर्व विभागाध्यक्षले प्रस्तुत गर्नुभएको थियो। धार्मिक सदाचार सहित अनुष्ठेय विषयसँग सम्बन्धित उक्त कार्यपत्रमाथि नेसंवि. वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभागाध्यक्ष प्राध्यापक श्रीदेवमणि भट्टराई , नेपाल संस्कृत विश्वविद्यालय दाङका प्राध्यापक डा. श्रीगुरुप्रसाद सुवेदी, पिण्डेश्वर विद्यापीठ धरानका प्राध्यापक श्रीदीपक पराजुली, वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. श्रीकेशवशरण अर्याल, वाल्मीकि विद्यापीठका इतिहासपुराण विभागाध्यक्ष प्राध्यापक श्रीनवराज घिमिरे, संस्कृत विश्वविद्यालय दाङका सहप्राध्यापक श्रीरघुनाथ नेपाल, पण्डित डा. यादव गर्तौला र पं. रामकृष्ण उपाध्यायले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो। योगी पुष्पराज पुरुषले धर्म भनेको पूजापाठ र कथावाचन मात्र नभएकोले राष्ट्रधर्म बचाउनको लागि धार्मिक क्षेत्रले आफ्नो मत उचित ठाउँ र पात्रलाई छनोटका लागि प्रयोग गर्नु नै राष्ट्रधर्म हो भन्ने विषय राख्नु भएको थियो। कथाव्यास समितिका उपाध्यक्ष पं. बालकृष्ण अर्यालको स्वागत मन्तव्यका साथ सुरु भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय कथाव्यास समाजका अध्यक्ष श्रीकुवेर सुवेदीले गर्नुभएको थियो। वक्ताहरूबाट कथावाचक, गुरु, पुरोहित र यजमानहरू शास्त्र मर्यादामा रही नित्त्य, नैमित्तिक र काम्य कर्मका माध्यमबाट समाजलाई सुसुचित गर्दै आफूहरू पनि सुसंस्कृत र कर्मनिष्ठ भइ अगाडि बढ्दा मात्र शास्त्रोक्त फल प्राप्त गर्न र गराउन सक्ने क्षमता आफूमा निहित हुने र समाजले पनि प्रत्यक्ष रूपमा लाभ लिन सक्ने विचार प्रकट भएको थियो। कार्यक्रममा देशका विभिन्न संघसंस्थाबाट विद्वद्जनहरूको प्रतिनिधित्त्व सहित उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन समितिका सचिव पं. श्रीराघव उपाध्यायले गर्नुभएको थियो।

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha