शुक्रबार, माघ १०, २०८२ | January 23, 2026

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा गठन

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा गठन

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • सोमवार, भदौ १६, २०८२

  • 166
    Views
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा गठन

रियाद, साउदी अरब नबिन संचार

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा औपचारिक रूपमा गठन भएको छ। फेडरेसनको केन्द्रीय कार्यालयसँग परामर्श र सहमतिपछि साउदी अरबमा कार्यरत नेपाली पत्रकारहरूको भेलाबाट उक्त शाखा गठन गरिएको हो।

नवगठित शाखा कार्यसमितिलाई महासंघको केन्द्रीय कार्यालयले आधिकारिक अनुमोदन प्रदान गरेको छ। भेलाले सर्वसम्मतिले गठन गरेको कार्यसमितिको पदाधिकारीहरू यसप्रकार रहेका छन् :

  • अध्यक्ष : विष्णु घिमिरे
  • उपाध्यक्ष : सुन्जित तामाङ
  • महासचिव : राजु खनाल
  • कोषाध्यक्ष : अन्जान गुभाजु
  • प्रवक्ता : लोकेन्द्र खड्का

त्यसैगरी, प्रमुख सल्लाहकारमा अमर सापकोटा रहेका छन् भने सदस्यहरूमा रमजान दिन मियाँ, एल पी शेर्पाली, नेत्र न्यौपाने, राज चाम्लिङ (सञ्चार तथा अनुशासन संयोजक), देवीबहादुर कार्की र तुलसीराम आचार्य चयन भएका छन्।

फिजाका अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालले अध्यक्ष विष्णु घिमिरेसहित सम्पूर्ण पदाधिकारी तथा बोर्ड अफ डिरेक्टर सदस्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नेतृत्वद्वयले साउदी अरब शाखाले पत्रकारहरूको हक–हित संरक्षण, पत्रकारिता गतिविधिको सशक्तीकरण तथा महासंघका लक्ष्य र उद्देश्यलाई प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha