सोमवार, जेष्ठ ४, २०८३ | May 18, 2026

जेद्दा सिजन २०२४ मा नेपालले पनि प्रस्तुति दिने

जेद्दा सिजन २०२४ मा नेपालले पनि प्रस्तुति दिने

  • Naveen Sanchar

  • आइतवार, असार २४, २०८१

  • 350
    Views
जेद्दा  सिजन २०२४ मा  नेपालले पनि प्रस्तुति दिने

नवीन सञ्चार साउदी अरव

जेद्दा सिजन २०२४ मा नेपालको पनि नेपालले पनि प्रस्तुति दिने भएको छ । आउँदो २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालसँगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, मुलुकहरूको पनि प्रस्तुति रहने छ ।
नेपालको प्रदर्शन १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा रहनेछ। नेपालका तर्फबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी,र रिमा विश्वकर्मा साथै साउदी अरेबियामा कार्यरत स्थानीय नेपाली कलाकारको प्रस्तुति, नेपालीपन झल्कने संस्कृतिको नृत्य,गायन , विशेष प्रदर्शनी रहनेछ ।
वाणिज्य दूत शत्रुधन पोखरेलले जेद्दा सिजनमा नेपालको सहभागिता हुने कुराले खुसी लागेको र नेपालको प्रस्तुतिको दिनमा साउदीमा रहेका संस्थाहरू तथा कार्यरत सबै नेपाली उपस्थित भएर सिजन सफल पार्न आग्रह गर्दै आवश्यकता अनुसारका वाणिज्य दूतले सहयोग गर्ने बताउनु भयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha