
नबिन संचार/रोशन अर्याल
दोहा /कतार : “नेपालीहरुको नयाँ वर्ष २०८१ को ” शुभ अवसरमा १९औं वार्षिकोत्सब एवम् शुभकामना आदान-प्रदान तथा विविध सास्कृतिक कार्यक्रम-२०२४” यहि आउदो अप्रिल १९ तारिख शुक्रबारका दिन स्याङ्गजा सहयोग सेवा समाज कतारको आयोजनामा राम्दीधाम वृद्ध आश्रम सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रमको लागि नेपाल देखि आमन्त्रित ख्याती प्राप्त कलाकारहरु लोकदोहोरी तथा आधुनिक गायक खुमन अधिकारी गायिका कमला गैरे साथै मोडल तथा निर्त्यनगना अस्मिता रनपाल बुधबार राति दोहा आएइपुगेका छन्।
नेपालबाट आएका कलाकारहरुलाई स्वागत गर्नको लागि स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष,महासचिव, सास्कृतिक संयोजक रोशन अर्याल, कार्यसमितिका पदाधिकारी लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए । कलाकारहरु कतार आईपुगेसगैं कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम सयोंजक घनश्याम जैसीले नबिन संचार लाई जानकारी दिए ।
कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ। साथमा नेपाली मौलिक पञ्चेबाजा सहितको सगिंत नृत्य प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा सबैलाई उपस्थितिको लागि समाजले अनुरोध समेत गरेको छ । कार्यक्रममा जान आउन कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्था गरिएको छ ।