बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

साउदी अरवमा गायक प्रमोद खरेलको धमकेदार प्रस्तुति

साउदी अरवमा गायक प्रमोद खरेलको धमकेदार प्रस्तुति

  • Naveen Sanchar

  • शनिबार, बैशाख १, २०८१

  • 235
    Views
साउदी अरवमा गायक प्रमोद खरेलको धमकेदार प्रस्तुति

नवीन सञ्चार साउदी अरव
शुक्रबार झापाली समाज साउदी अरवको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक तथा नया बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम्को  अवसरमा साउदीको  रियाद शहरमा भएको कार्यक्रममा गायक प्रमोद खरेलले पहिलो पटक साउदी अरवमा धमकेदार प्रस्तुति दिए ।

कार्यक्रममा खरेलले माया गर्ने मुटुले हो निधारले होइन तथा यो भाग्यमा खोट छ’हङ्गामा भो, बिना कसै कसैलाई मुस्किल छ पोखरा’ तिम्रो मन, बादियो,ओही झुमा झुम्कावली, जाली माया, रातो टिका, जस्ता गीतबाट नेपाली दर्शकहरू लाई मनोरन्जन दिइएका थियो  ।कार्यक्रममा नेपाली दूतावास रियादका स परिवार, भातृसंगठन, सामाजिक संस्थाहरूको उपस्थिति सहित एक हजार ४  सय भन्दा बढी दर्शकको उपस्थित रहेको थियो । कार्यक्रमा  उपथिति सम्पुण दर्शक हरुले भरपुर मनोरज्जन लिएका थिए ।

कार्यक्रममा अध्यक्ष राजेन्द्र थापाले कार्यक्रममा उपस्थित नेपाली समुदायलाई धन्यवाद दिँदै कार्यक्रम झापालीको मात्र नभएर पुरा नेपालीको कार्यक्रम सम्झेर सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए भने नयाँ बनेको कार्यसमिति लाई  समाजको हक हितका लागि सदैव लागि रहन आग्रह गदै बधाई तथा शुभकामना समेत दिए।

गायक खरेललाई आयोजकको तर्फबाट मायाको चिनोले समेत  सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा स्थानीय कलाकर तथा नेपाली नृत्य समूहले थप नृत्य तथा गायनद्वारा मनोरञ्जन दिएका थिए भने दोस्रो महाधिवेशनबाट समाजको २०२४-२०२६ कार्यकालको लागि अध्यक्षमा रबिन गिरी चयन भएका छन्।

कार्यक्रमको संचालन रबिन गिरी र अनुजा बुढाथोकीले गरेका थिए । कार्यक्रम निर्धारित समय भन्दा ढिलो सुरुवात भए पनि समयमै सम्पन्न भएको थियो ।




सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha