शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026

लेबनानलाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रबेश

लेबनानलाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रबेश

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १५, २०८०

  • 366
    Views
लेबनानलाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रबेश

देवी बहादुर कार्की, साउदी अरब

साउदी अरेबियाको जेद्दामा जारी वाफ वुमन्स च्याम्पियनसिपको खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति नेपालले लेवनानलाई २–१ को शानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा पुजा रानाले गोलकिपर एन्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएपछि नेपाल पहिलो हाफमा पछि परेको थियो । पहिलो हाफमा १–० ले पछि परे पनि नेपालले दोस्रो हाफमा शानदार जित निकाल्यो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काएपछि नेपाली टिम उत्साहित बन्यो। खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।नेपाल ले हाल सम्म खेलेको ४ खेल मध्य एक मा पनी हार ब्यहोरेको छैन भने प्रतिस्पर्धी सीरिया ४-१ ,इराक़ ५-० , तथा प्यालेसटाईन ४-० गोल तथा आज भएको सेमीफ़ाइनल मा समेत आत्मघाती गोल बाहेक पनी २ गोल को अग्रसरता क़ायम गर्दै लेबनान लाई हार को स्वाद चखाएको छ

खेल हेर्नको लागी जेद्दा लगायत आसपासका साथै साउदी अरेबिया बिभिन्न सहर बाट नेपाली दाजु भाई दिदीबहिनी हरुको बाक्लो उपस्थिति थियो।

नेपालले अब उपाधिका लागि जोर्डनसँग २९ फरबरी बिहिवार खेल्नेछ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha