शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

वाफ महिला च्याम्पियनसिप २०२४ को नेपाली राष्ट्रिय महिला फुटबल टोली सेमिफाइनलमा प्रवेश

वाफ महिला च्याम्पियनसिप २०२४ को नेपाली राष्ट्रिय महिला फुटबल टोली सेमिफाइनलमा प्रवेश

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन १२, २०८०

  • 421
    Views
वाफ महिला च्याम्पियनसिप २०२४ को  नेपाली राष्ट्रिय महिला फुटबल टोली सेमिफाइनलमा प्रवेश

देवी बहादुर कार्की, साउदी अरब

प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको छ ।  शानदार जित निकाल्दै शतप्रतिशत जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसितर्फ समूह बी को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार अबेर राती सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनमाथि ४–० को प्रभावशाली जित निकाल्यो । जोद्दा स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलको ४२औं मिनटमा साबित्रा भण्डारीले पहिलो गोल गरिन् । पहिलो हाफसम्म नेपालले सोही अग्रता कायम पनि राख्यो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २ गोल गर्दा रेखा पौडेल र गीता रानाले १-१ गोल गरे । पहिलो हाफमा रेखाको पासमा साम्बाले गोलको खाता खोलेकी थिइन् । दोस्रो हाफमा साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् ।त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० ले अघि बढाइन् । इन्ज्युरी समयमा साम्बालाई पेनाल्टी क्षेत्रभित्र साम्बालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । गीताले पेनाल्टीमा गोल गर्दै नेपालको ४-० को जित पक्का गरिन् ।

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha