शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

मोरङसुनसरी सेवा समाज बहराइनको चौथो साधारणसभा सम्पन्न

मोरङसुनसरी सेवा समाज बहराइनको चौथो साधारणसभा सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, माघ ७, २०८०

  • 78
    Views
मोरङसुनसरी सेवा समाज बहराइनको चौथो साधारणसभा सम्पन्न

नवीनसञ्चार/ बहराइन
गत १९ जनवरी २०२४ तारिख मोरङसुनसरी सेवा समाज बहराइनको चौथो साधारणसभा सनद स्थित अल फरहान स्विमिङ्ग पूलको सभाहलमा सम्पन्न भएको छ ।
उक्त समारोहका सभाका अध्यक्ष मोसु बहराइनका निबर्तमान अध्यक्ष ज्ञान बहादुर मगरले गर्नुभएको तथा प्रमुख अथिति संस्थाकै सल्लाहकार तथा अग्रज व्यक्तित्व रत्न सुर्य मगर रहनुभएको थियो। साथै, मोसु बहराइन प्रमुख सल्लाहकार हरि कुमार श्रेष्ठ ज्यु, पुर्व मोसु प्रबास शाखा संयोजक बिनोद भट्टराई , मोसु कतार वर्तमान अध्यक्ष भिम बराइली लगायत मोसु अभियन्ता हरु , कार्यक्रमको अन्तिम समयमा भएपनि उपस्थित भइ सम्पूर्ण नवनिर्वाचित कमिटिलाइ बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो। साधारण सभाबाट सर्वसम्मत अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएका अत्यन्तै मिलनसार, मृदुभाषी सामाजिक व्यक्तित्वका धनी दिपक कुमार दुलाल लगायत निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना साथै नव निर्वाचित कमिटि यस प्रकार रहेको छ।

अध्यक्ष :- दिपक कुमार दुलाल
प्र. उपाध्यक्ष :- सन्त कुमार न्यौपाने
द्वि. उपाध्यक्ष :- बोध नारायण गच्छाधार
सचिब:- डिल्ली प्रसाद सुबेदी
सह-सचिब:- मदन कुमार बिस्ट
कोषाध्यक्ष :- दिपक तामाङ्ग
महिला संयोजक : पबित्रा श्रेष्ठ
सह-कोषाध्यक्ष : हरि कुमार सुबेदी
सदस्यहरु : सागर श्रेष्ठ
भिम सुबेदी
रिता कटवाल
डिल्ली कुमार श्रेष्ठ
नानु माया श्रेष्ठ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha