शनिबार, माघ १८, २०८२ | January 31, 2026

नेपाली कन्सुलेट जनरल, जेद्दाको सूचना !!!

नेपाली कन्सुलेट जनरल, जेद्दाको सूचना !!!

  • Naveen Sanchar

  • बुधबार, पुस ११, २०८०

  • 255
    Views
नेपाली कन्सुलेट जनरल, जेद्दाको सूचना !!!
नवीनसञ्चार सम्वाददाता
साउदी अरब
यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम १०६८ जनाको विद्युतीय राहदानी (e-passport) तयार भई आएकाले सूची अनुसार नाम भएका आवेदकहरुलाई यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ।
नवीकरण भएको राहदानी लिन आउँदा आफ्नो पुरानो राहदानी र राजश्व बुझाएको रसिद साथै राहदानी हराउनुभएको तथा नयाँ बनाउनु भएको महानुभावहरुले राजश्व बुझाएको रसिद साथमा अनिवार्यरुपमा ल्याउनहुन सूचित गरिन्छ।
आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुमा महावाणिज्यदूतावास टोली आउँदा आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने छ ।
साथै, यसैसँग संलग्न सूचीमा आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुबाट महावाणिज्यदूतावास आई आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने एवम् सोका लागि ‌०५३८५०२१९२ मा सम्पर्क गरी आफू कुन स्थानमा रहेको जानकारी गराउनुहुन समेत अनुरोध गरिन्छ।
विद्युतीय राहदानी (e-passport) बिबरणको लिंक:-


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha