बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

बानेश्वर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, चेतनाको प्रभावकारी अभिव्यक्तिमा जोड

बानेश्वर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, चेतनाको प्रभावकारी अभिव्यक्तिमा जोड

  • Naveen Sanchar

  • मङ्लबार, पुस ३, २०८०

  • 188
    Views
बानेश्वर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, चेतनाको प्रभावकारी अभिव्यक्तिमा जोड

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, ३ पुष ।हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मान्छेभित्रको ज्ञान र ऊर्जा व्यक्त गर्न नसकेमा जीवन निरर्थक हुने बताउनुभएको छ ।बानेश्वर बहुमुखी क्याम्पसद्वारा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलबार आयोजित वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै प्रधान सम्पादक दाहालले विद्यार्थीलाई आफूभित्रको चेतना प्रभावकारी ढंगले अभिव्यक्त गर्न सुझाव दिनुभएको हो । “तपाईँभित्रको ऊर्जा प्रकट गर्ने क्षमता भएन भने काठजस्तै फालिनुहुन्छ । ” प्रधान सम्पादकक दाहालले भन्नुभयो । अतिरिक्त क्रियाकलापमा संलग्न भई आफ्नो प्रतिभा प्रदर्शन गर्ने विद्यार्थी जीवनमा सफल हुने उहाँको भनाई थियो ।

प्रतियोगितामा सहभागी प्रतियोगिले वैदेशिक रोजगारीः चुनौती र समाधान, समाज रुपान्तरणमा शिक्षित युवाको भूमिका, शैक्षिक विकासमा राज्यको दायित्व तथा युवाशक्तिको पहिचान र उपयोगिता शीर्षकमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।क्याम्पसको स्नातक तहका विभिन्न संकायका विद्यार्थी सहभागी प्रतियोगितामा सरिता देवकोटा प्रथम, सुजाता टामाटा द्वितीय, यशोदा थापा तृतीय र रोशन भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । क्याम्पसका प्राध्यापक डा. रमेश शुभेच्छुको सभापतित्वमा सम्पन्न समारोहमा क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्का लगायत क्याम्पसका प्राध्यापकको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी मनिषा बस्नेतले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha