
नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया
साउदी अरबको पूर्वीय शहर दमाममा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १ हजार ३ सय ८३ जनाको राहदानीहरू १५ डिसेम्बर २०२३ का दिन बितरण गरिएको छ ।
उक्त कार्य साप्ताहिक बिदाको दिन सेवाग्राहीलाई सहज हुने गरी नेपाली दूतावास रियाद र पूर्वी प्रान्त दम्माममा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री नारायण पासवान ज्यु संगको समन्वय र गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहकार्यमा भएको थियो ।
यस कार्यमा स्वयंसेवकको रूपमा सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्नु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष श्रीमती रबिना अर्याल , सहकोषाध्यक्ष दुर्गा काउचा , सदस्य दिपक ढुंगाना ,कासिन्द्र पासमान ,आरसीसी पूर्वी क्षेत्रका क्षेत्रिय अध्यक्ष विष्णु भण्डारी , उपाध्यक्ष कुमार लामा ,सहकोषाध्यक्ष अनमोल ठकुरी , सहसचिव तोया नाथ अधिकारी , एनआरएनए एनसीसी साउदी अरबका प्रमुख संरक्षक ओम घले , गैरआवासीय नेपाली संघ स्थानीय समन्वय समिती दमाम साउदीका अध्यक्ष चित्र बहादुर पाटा मगर (मिलन) ज्यु, स्थानीय समन्वय समिती रहिमाका सचिब कमल सिं बिक , नेपाली जन प्रगतिशील मंच साउदी अरबका कार्यवाहक अध्यक्ष रामचन्द्र वाग्ले , सदस्य भक्त कार्की , नेपाली जनसम्पर्क समिति साउदी अरबका महामन्त्री सुरेस राज त्रिपाठी , प्रवासी नेपाली एकता समाज (पानस) का उपाध्यक्ष मनोज धिमाल , राष्ट्रिय स्वतन्त्र पार्टी साउदी अरबका सचिब हरि थापा , नारायण भुसाल , नेपाली ट्राभल्स (टाईम ट्राभल्स) सिको दम्माम, जलन दाहाल ,हेल्प मधेसी साउदी अरबका कार्यबाहक अध्यक्ष श्याम कुमार महतो, नेपाली साझा मञ्च साउदी अरबका संयोजक अन्जान गुभाजु , कोषाध्यक्ष भरत पौडेल , एनआरएनए कर्मी नरेन्द्र कार्की , गणेश अर्याल , ओम कुमाल , रमेश भट्टराई र दिनेश न्यौपाने लगायतले प्रत्यक्ष रुपमा सहयोग गर्नु भएको थियो।