शनिबार, चैत्र १, २०८१ | March 15, 2025

ताबुकमा राहदानी नविकरण , नविकृत राहदानी बितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताबुकमा राहदानी नविकरण , नविकृत राहदानी बितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, मंसिर २३, २०८०

  • 165
    Views
ताबुकमा राहदानी नविकरण , नविकृत राहदानी  बितरण तथा  श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवीनसञ्चार सम्वाददाता
साउदी अरब -नेपाली दुतबासबाट दुरदराजमा रहेको ताबुकमा गैर आवसिय नेपाली सघं , क्षेत्रीय समन्वयन समिति ताबुकको सहयोगमा महावाणिज्य दूतावास जेद्धाले ८ डिसेम्बर २०२३ का दिन राहदानी नवीकरण , नयाँ बनि आएको राहदानी बितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दाबाट श्री तमराज काफ्ले, सुजन वाग्ले, मोहमद अतल्लाह र राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ।


सुबिधा लिनका लागि ताबुक लगायत आसपासका क्षेत्रहरु दुबा,हाकल, शर्मा, अल्वज , आरार , ताइमा लगाएत अन्य ( 600KM टाढाका )स्थानहरु देखि नेपालीहरुले आएर सुबिधा प्राप्त गर्नु भएको थियो ।महावाणिज्यदूतावास जेद्दाद्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम ८ डिसेम्बर २०२३ भनिएतापनि सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गरि प्रावधिक समस्याका बाबजुत पनि महावाणिज्यदूतावासको टोलीद्वारा शुक्रबार बिहान ताबुकमा उपस्थित भइ बिहान ८:०० बजे देखि शनिवार बिहान ९ बजे सम्म लगातार अहोरात्र खटी त्यहा उपस्थित राहदानी आबेदकहरु महिला ७ , पुरुष ४८५ गरि कुल जम्मा ४९२ नयाँ आबेदन र २५ जनाको नबिकरण बितरण सहित करिब ५२७ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो। पुर्बानुमान अनुसार सेवाग्राहीहरुको उच्च चापलाई मध्यनजर गर्दै यो पटक दुईवटा डिबाईस वा सिस्टम द्वारा काम सन्चालन गरीएको थियो ।


राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ क्षेत्रीय समन्वय समिती सल्लाहकार , गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सल्लाहकार साथै जेद्धा महाबाणिज्य दुताबास ताबुक क्षेत्रका अवैतनिक प्रतिनिधी अर्जुन थापा ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका प्रवक्ता देवी बहादुर कार्की, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सदस्य युवराज पोख्रेल, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहदुर खतिवडा , सचिव बुद्धि प्रसाद बास्तोला, सह सचिब ज्ञान भक्त खड्का ,कोषाध्यक्ष दिपक कार्की, प्रवक्ता शक्ति भट्ट, युवा सयोजक बिक्रम तिम्सिना सदस्यहरु प्रकाश थापा राजेश सेर्पाली र सुमन कार्की ज्युहरुले व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।
ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राहीहरुको भनाइ रहेको थियो ,सम्पुर्ण यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित भएका थिए। गत जुलाइ भन्दा अहिलेको संख्यामा वृद्धि र अहिलेको भन्दा अब आउने दिनहरुमा यो भन्दा पनि अझै संख्या वृद्धि हुने अध्यक्ष नर बहादुर खतिवडा ले बताए। ।
सेवाग्राही हरुले गीतसंगीत  नाचगान बाट पनि मनोरज्जन लिइएका थिए । साथै कार्यक्रमको बिचमा श्रमिकहरु सग अन्तर्कृया लिइएको थियो।

आर सिसि ताबुक सम्पुणमा पुनः ताबुक जस्तो दुरदराज स्थानमा आई अहोरात्र रुपमा खटि सेवा प्रदान गरिदिनु हुने जेद्धा महाबाणिज्य तथा सम्पुर्ण टिमलाई हार्दिक आभार ब्यक्त गर्दछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha