शनिबार, चैत्र १, २०८१ | March 15, 2025

पीडित जीवन बिताइरहेका ४ नेपालीहरुको उद्धार

पीडित जीवन बिताइरहेका ४ नेपालीहरुको उद्धार

  • Naveen Sanchar

  • बिहिबार, मंसिर २१, २०८०

  • 307
    Views
पीडित जीवन बिताइरहेका ४ नेपालीहरुको उद्धार

नवीनसञ्चार सम्वाददाता
साउदी अरब ।
नेपाली महावाणिज्यदूतावास जेद्दा र गैर आवसिय नेपाली सघं, क्षेत्रीय समन्वय समिति ताबुकको विशेष पहलमा बिगत १८ महिना देखि बिना तलब सुबिधामा साउदी अरेबियाको ताबुक स्थित पीडादायी जीवन बिताइरहेका ४ नेपालीहरु ( दिपक बिश्वकर्मा, करण दर्जी, दिपक कुमार बुढा र दिपक पौनथक) को उद्धार प्रक्रिया  पूरा गरि गत आइतबार (०३-१२-२०२३) नेपाल फिर्ती भएका छन ।
ताबुकबाट करिब १५०० किलोमीटर दुरिमा अवस्थित खफ्जी भन्ने ठाउँमा स्थान्तरण गरि साउदिमा रहेको श्रम कार्यलय हुँदै  जवाजत अफिस मार्फत बहिर्गमन भिसाको प्रक्रिया पूरा भएको थियो ।
उक्त प्रकृयाको लागि नेपाल महावाणिज्यदूतावास जेद्दाका महाबाणिज्यदुत शत्रुधन पोखरेल , श्रम सहचारी तमराज काफ्ले , ताबुकका लागि प्रतिनिधि तथा गैर आवसिय नेपाली सघं साउदी अरबका सल्लाहकार अर्जुन थापा ,ताबुक क्षेत्रीय समन्वय समितिका सचिबबुद्धि प्रसाद बास्तोला र नेपालबाट सुलभ रिक्रुमेन्टसका संचालक मोहन बस्नेत तथा निज पीडितहरु आएको मेनपावर ” सुपर्ब फर अल्टिमेट मेनपावर सोलुसन“ का प्रतिनिधि धर्म भण्डारी सबैलाई अनवरत सहयोगको लागि बिशेश धन्यवाद।
साथै निजहरुको सम्पुर्ण क्षतिपूर्ति बापतको खर्च उक्त मेनपावरलाइ नै भराउन अहम जिम्मेवारी बहन गर्नुहुने आर. सि. सि ताबुकका सचिव बुद्धि प्रसाद , सुलभ रिक्रुमेन्टसका संचालक मोहन बस्नेत र महावाणिज्यदूतावास सङ कानुनी प्रक्रियाको लागि निरन्तर परामर्शमा रहनु भएका ताबुकका लागि प्रतिनिधि तथा गैर आवसिय नेपाली सघं साउदी अरबका सल्लाहकार अर्जुन थापा लाइ उच्च सम्मान गर्दै आगामी दिनहरुमा पनि यहाहरुले यस्तै सराहनीय सामाजिक कार्य गर्नु हुनेछ भन्ने पुर्ण विश्वास लिदै उहाहरुको उज्ज्वल भविष्यको कामना गर्दछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha