
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । सद्भाव युवा समाज दोहा कतार द्वारा आयोजीत हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैको पावन अवसरमा शुभकामना आदनप्रदान तथा टीका जमरा ग्रहण कार्यक्रम नज्मास्थित रोयल नेपाली रेस्टोरेन्ट्को सभाहलमा सस्थाका संरक्षकद्वय खड्ग श्रेष्ठ र सुरेश तामाङको सभापतित्वमा सम्पन्न भयो । वर्तमान कार्यसमिति अध्यक्ष चण्डी प्रशाद भुषाल पारिवारिक शोकका कारण कार्यक्रममा उपस्थिति रहनुभएता पनी कुनै औपचारिकता ग्रहण गर्नु भएन । पूर्ण रूपले औपचारिक कार्यक्रम नरहे पनी कार्यक्रम उदघाटन र समापन औपचारिक तवरलेनै गरीएको थियो । वडा दशैको शुभ अवसरमा आयोजित उक्त कार्यक्रम सस्थाका संरक्षकद्व्य द्वारा दियो प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नु भएको थियो ।
रोयल नेपाली रेस्टोरेन्ट्को सभाहलमा आयोजीत शुभकामना आदनप्रदान तथा टिका जमरा ग्रहण कार्यक्रममा विभिन्न पदमा आसीन सस्थामा आवद्ध कार्यसमिति सदस्य , सदस्य, शुभचिन्तक तथा दोहामा रहनु भएका सदस्यको परिवार सहित बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा हिन्दुहरुको महान चाड बडा दशै रहेकोले उपस्थिति सबैले एकआपसमा शुभकामना आदन प्रदान तथा मान्यजनहरुको हात बाट टिका जमरा ग्रहण गर्नु भएको थियो । साथमा विभिन्न परिकारको खानपिन सहित नाचागान गरी भब्य तवरले बडा दशै मनाईएको थियो । सांस्कृतिक संयोजक श्री राम लामा ज्युको लोक दोहरी सेसन अझ उत्कृष्ट रहेंको थियो ।
परदेशमा रहेर पनी आफ्नो अमूल्य समय दिइ सदभाव युवा समाज दोहा कतारले सदा झै आयोजना गरीएको बडा दशैको शुभअवसरमा शुभकामना आदनप्रदान तथा टिका जमरा ग्रहण कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमको शोभा बढ़ाई दिनु मात्र नभई एऊटा सामाजिक उत्तरदायित्व निर्वाह गरीदिनु भएकोमा उपस्थित सम्पूर्ण महानुभाव प्रति सदभाव युवा समाज कतारले हार्दिक आभार प्रकट गरेको छ।